४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात मजदुरको प्रदर्शनको क्रममा गाडी जलाउने ६ जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले माछापोखरी चोकमा प्रहरीको गाडी आगजनी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

सोमबार माछापोखरीमा यातायात व्यवसायीहरूको विरोध प्रदर्शन कार्यक्रममा प्रहरीको दुईवटा भ्यानमा आगजनी गर्ने ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौँको मनमैजु बस्ने ४० वर्षीय बिक्रम राई, उदयपुर बलमता गाउँपालिका-२ घर भई हाल नुवाकोटका घर भई हाल बानियाटार बस्ने ३० वर्षीय रामहरी भण्डारी, काभ्रेपलान्चोकका ३१ वर्षिय राजेश तामाङ, लमजुङ घर भई माछापोखरी बस्ने २३ वर्षिय विवेक श्रेष्ठ, २० वर्षीय आशिष खड्का र प्युठान घर भई गोंगवु बस्ने १८ वर्षिय दिपेन्द्र पुन मगर रहेका छन् ।

उनीहरुले प्रहरी वृत्त बालाजु काठमाडौंबाट सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारी सवार प्रहरी वृत बालाजुको बा २ झ १४४ नम्बरको स्करपियो गाडी र बा १ झ ७२२४ नम्बरको माज्दा गाडीमा आगजनी गरेका थिए ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।