१४ भाद्र २०८३, आईतवार
,
Latest
यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान



अ+ अ-

तेहरान। इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले आइतबार क्षेत्रका मुस्लिम देशहरूलाई अमेरिका र इजरायलविरुद्ध एकजुट हुन आह्वान गर्नुभएको छ । यो आह्वान मध्यपूर्व युद्ध सुरु भएको छ महिनापछि जारी गरिएको लिखित सन्देशमा आएको हो ।

इरानी सर्वोच्च नेता खामेनीले फेब्रुअरी २८ मा युद्ध सुरु हुँदा उहाँका बुबा अली खामेनी मारिएको केही समयपछि सत्ताको बागडोर सम्हाल्नुभएको हो ।

सर्वोच्च नेताको नियुक्तिपछि उहाँ सार्वजनिक रूपमा देखिनुभएको छैन र अधिकारीहरूले उहाँको कुनै भिडियो वा अडियो पनि सार्वजनिक गरेका छैनन् ।

“इस्लामी राष्ट्रहरूका समस्याहरूको समाधान शब्दको एकता, मित्रता र भलाइको बाटोमा सहकार्य हो,” उहाँले आइतबार शिया मुस्लिमहरूले पैगम्बर मोहम्मदको जन्मदिन मनाइरहेका बेला भन्नुभएको छ ।

“जानाजानी वा अनजानमै भए पनि कसैले पदमा भएर पनि मुस्लिमहरूबीच विभाजन ल्याउने र मुस्लिम समुदायमा द्वन्द्व सिर्जना गर्ने कुनै काम गर्छ भने उसले इस्लामका शत्रुहरूको उद्देश्य पूरा गर्न सेवा गरेको ठहर्नेछ,” उहाँले आफ्नो आधिकारिक वेबसाइटमार्फत् सार्वजनिक वब्तब्यमा उल्लेख गर्नुभएको छ ।

सर्वोच्च नेता खामेनीले अमेरिका र इजरायलतिर सङ्केत गर्दै मध्यपूर्व क्षेत्रका शासकहरूलार्ई ‘आफ्नो वास्तविक शत्रु चिन्नुहोस्, उसको योजना बुझ्नुहोस् र त्यसको सामना गर्नुहोस्’ भन्नुभयो ।

युद्धको क्रममा इरानले साउदी अरब, संयुक्त अरब इमिरेट्स, जोर्डन, कुवेत, कतार र बहराइनसहित मध्यपूर्वका अमेरिकी सैन्य आधारहरूलाई निशाना बनाएको थियो ।

त्यसपछि ती देशहरूसँगको सम्बन्ध बिग्रिएको छ ।

महत्वपूर्ण राज्य नीतिमा अन्तिम निर्णय गर्ने अधिकार भएका खामेनीले इरानी अधिकारी र नागरिकहरूलाई पनि मतभेद बिर्सेर इजरायल र अमेरिकाविरुद्ध एकजुट हुन आह्वान गर्नुभयो ।

“फेरि पनि यस सेवकको इरानी जनतालाई सल्लाह छ कि कुनै पनि तरिकाले आफूबीच मतभेद आउन नदिनुहोस्,” उहाँले शुक्रबारको अर्को वक्तव्यको प्रतिध्वनि गर्दै भन्नुभयो ।

“म दृढतापूर्वक घोषणा गर्छु, सामाजिक एकतामाथि हानिकारक कुनै पनि काम निषेधित छ,” उहाँले शुक्रबारको सन्देशमा भन्नुभएको थियो ।

शुक्रबार उहाँले इरानी अर्थतन्त्रलाई क्रमशः डलरमुक्त बनाउन र अमेरिकी नौसैनिक नाकाबन्दीका महिना र वर्षौँदेखिको कठोर प्रतिबन्धले जनजीवनमा पारेको असरपछि आर्थिक उत्पादन बढाएर वृद्धिमा सहयोग गर्न पनि आह्वान गर्नुभएको थियो ।  (रासस/एएफपी)