१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात मजदुरको प्रदर्शनको क्रममा गाडी जलाउने ६ जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले माछापोखरी चोकमा प्रहरीको गाडी आगजनी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

सोमबार माछापोखरीमा यातायात व्यवसायीहरूको विरोध प्रदर्शन कार्यक्रममा प्रहरीको दुईवटा भ्यानमा आगजनी गर्ने ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौँको मनमैजु बस्ने ४० वर्षीय बिक्रम राई, उदयपुर बलमता गाउँपालिका-२ घर भई हाल नुवाकोटका घर भई हाल बानियाटार बस्ने ३० वर्षीय रामहरी भण्डारी, काभ्रेपलान्चोकका ३१ वर्षिय राजेश तामाङ, लमजुङ घर भई माछापोखरी बस्ने २३ वर्षिय विवेक श्रेष्ठ, २० वर्षीय आशिष खड्का र प्युठान घर भई गोंगवु बस्ने १८ वर्षिय दिपेन्द्र पुन मगर रहेका छन् ।

उनीहरुले प्रहरी वृत्त बालाजु काठमाडौंबाट सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारी सवार प्रहरी वृत बालाजुको बा २ झ १४४ नम्बरको स्करपियो गाडी र बा १ झ ७२२४ नम्बरको माज्दा गाडीमा आगजनी गरेका थिए ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।