५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण
अ+ अ-

गोरखा। गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई हस्तान्तरण गरिएको छ ।

त्रिशूली नदीको गोरखातर्फको किनारमा विभिन्न समयमा फेला परेका शव पहिचान भएपछि आफन्तले बुझेर लगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सन्दकपुर गाउँपालिका-३ तुलुबुङ्गा इलामका ३८ वर्षीय दीपक भनिने दिवानन्द सुवेदी, पालुङ्टार नगरपालिका-६ गोरखाका ५५ वर्षीय यमबहादुर थापा र तानसेन नगरपालिका-१० पाल्पाका ३४ वर्षीय दीपेन्द्र विष्टको शव पहिचानपछि आफन्तलाई बुझाइएको हो ।

दिवानन्दको शव मृतकका दाजु सागर सुवेदीलाई, यमबहादुरको शव श्रीमती इन्दिरा चौलागाईंलाई र दीपेन्द्रको शव दाजु दीपक विष्टलाई हस्तान्तरण गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

त्रिशूली किनारमा भेटिएका ती शव गोरखामा शवगृहको अभावमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको थियो ।  रासस