११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

क्याम्पस प्रमुखमाथि अखिल क्रान्तिकारीका विद्यार्थीद्वारा आक्रमण

क्याम्पस प्रमुखमाथि अखिल क्रान्तिकारीका विद्यार्थीद्वारा आक्रमण
अ अ+ अ-

काठमाडौँ । अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डे नेतृत्वको टोलीले द्रव्य शाह बहुमुखी क्याम्पस प्रमुखमाथि आक्रमण गरेको छ ।

जनयुद्ध शब्दसँग असहमत राखेको भन्दै मंगलबार बिहान कार्यकक्षमै गएर क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि उनीहरुले आक्रमण गरेका हुन् ।

दुवाडीका अनुसार आक्रमण गर्नेमा अखिलका अध्यक्ष विष्णु पाण्डे, गोरखा नगरपालिकाका मेयर कृष्ण रानाका स्वकीय सचिव अनिष अर्याल, जिल्ला समन्वय समितिका प्रमुख मोहन थापाका स्वकीय सचिव राजन आले लगायत १४/१५ जनाको टोली थिए ।

घटनास्थल वरपर रहेका क्याम्पसका अध्यापकहरू आएर आफूलाई बचाएको उनी बताउँछन् । घटनाको विरोधमा मंगलबार क्याम्पसमा पठनपाठन बन्द गरिएको छ ।

क्याम्पस प्रमुख दुवाडीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको छ । दोषी उपर किटानी जाहेरी दिने तयारी गरिरहेको दुवाडीले बताए ।

क्याम्पस प्रमुख दुवाडीले सोमबार संविधानले नचिनेको जनयुद्ध दिवसमा बिदा गरिएकोप्रति असहमति राख्दै फेसबुकमा धारणा राखेका थिए ।