२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्याम्पस प्रमुखमाथि अखिल क्रान्तिकारीका विद्यार्थीद्वारा आक्रमण



अ+ अ-

काठमाडौँ । अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डे नेतृत्वको टोलीले द्रव्य शाह बहुमुखी क्याम्पस प्रमुखमाथि आक्रमण गरेको छ ।

जनयुद्ध शब्दसँग असहमत राखेको भन्दै मंगलबार बिहान कार्यकक्षमै गएर क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि उनीहरुले आक्रमण गरेका हुन् ।

दुवाडीका अनुसार आक्रमण गर्नेमा अखिलका अध्यक्ष विष्णु पाण्डे, गोरखा नगरपालिकाका मेयर कृष्ण रानाका स्वकीय सचिव अनिष अर्याल, जिल्ला समन्वय समितिका प्रमुख मोहन थापाका स्वकीय सचिव राजन आले लगायत १४/१५ जनाको टोली थिए ।

घटनास्थल वरपर रहेका क्याम्पसका अध्यापकहरू आएर आफूलाई बचाएको उनी बताउँछन् । घटनाको विरोधमा मंगलबार क्याम्पसमा पठनपाठन बन्द गरिएको छ ।

क्याम्पस प्रमुख दुवाडीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको छ । दोषी उपर किटानी जाहेरी दिने तयारी गरिरहेको दुवाडीले बताए ।

क्याम्पस प्रमुख दुवाडीले सोमबार संविधानले नचिनेको जनयुद्ध दिवसमा बिदा गरिएकोप्रति असहमति राख्दै फेसबुकमा धारणा राखेका थिए ।