२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजुका डीएसपीको जिम्मेवारी खोसियो



तस्बिरः सामाजिक संजाल
अ+ अ-

काठमाडौँ । प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टको जिम्मेबारी खोसिएको छ । यातायात व्यवसायीको आन्दोलनका कारण सोमबार बालाजु क्षेत्रमा तनाव सिर्जना भएपछि उनलाई जिम्मेबारीबाट हटाइएको छ ।

यातायात व्यवसायीहरुले गरेको आन्दोलनका क्रममा बालाजुका प्रहरी प्रमुख विष्ट चढ्ने बा २ झ १४४ नम्बरको गाडी तोडफोड र आगजनी भएको थियो । त्यस्तै बालाजु प्रहरीको १ झ ७२२४ नम्बरको गाडी पनि तोडफोड भएको थियो ।

जिम्मेबारीबाट हटाइएपछि विष्टको स्थानमा अर्का डीएसपी मनोजित कुँवरलाई पठाइएको छ । ट्राफिक प्रहरीले जरिवाना बढाएपछि यातायात व्यवसायीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्ररुप लिएपछि नयाँ बसपार्क, माछापोखरीलगायतका क्षेत्रमा तोडफोड हुनुका साथै आगजनीसमेत भएको थियो ।

साथै प्रदर्शनकारीहरुको भिडले बसपार्कमा रहेको मोबाइल पसलमा छिरेर करोडौँ मूल्य बराबरको मोबाइल लुटपाटसमेत भएको थियो । उक्त घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।