५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिनु अनुचित: प्रवक्ता महत



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारले जनयुद्ध दिवसमा दिएको सार्वजनिक बिदा उपयुक्त नभएको बताएका छन् ।

कांग्रेस प्रवक्ता महतले सामाजिक संजालमा लेख्दै जनयुद्ध दिवस माओवादीले आफ्नै ढंगले मनाउनु छुट्टै कुरा हो तर राष्ट्रिय दिवसको रुपमा मनाउनु अस्वभाबिक रहेको बताएका छन् । उनले सरकारको हतारमा गरेको निर्णयले राष्ट्रिय दिवसको महत्वलाई हलुका बनाएको बताए ।

उनले भनेका छन्, ‘जनयुद्ध दिवस भनेर माओवादीले पार्टी तहमा आफ्नै ढंगले मनाउनु छुट्टै कुरा हो । राष्ट्रिय दिवसको रुपमा मान्यता दिनका लागि राष्ट्रिय जीवनका महत्वपूर्ण पक्षहरुबीच छलफल भई अधिकांश पक्षहरुले आत्मसात गरेको हुनुपर्दछ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले दिएको सार्वजनिक बिदाबारे चौतर्फि आलोचना भइरहेको छ । यसअघि कांग्रेसका महामन्त्री गगन थापा, मिनेन्द्र रिजाललगायत नेताहरुले पनि विरोध जनाइसकेका छन् ।