२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिनु अनुचित: प्रवक्ता महत



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारले जनयुद्ध दिवसमा दिएको सार्वजनिक बिदा उपयुक्त नभएको बताएका छन् ।

कांग्रेस प्रवक्ता महतले सामाजिक संजालमा लेख्दै जनयुद्ध दिवस माओवादीले आफ्नै ढंगले मनाउनु छुट्टै कुरा हो तर राष्ट्रिय दिवसको रुपमा मनाउनु अस्वभाबिक रहेको बताएका छन् । उनले सरकारको हतारमा गरेको निर्णयले राष्ट्रिय दिवसको महत्वलाई हलुका बनाएको बताए ।

उनले भनेका छन्, ‘जनयुद्ध दिवस भनेर माओवादीले पार्टी तहमा आफ्नै ढंगले मनाउनु छुट्टै कुरा हो । राष्ट्रिय दिवसको रुपमा मान्यता दिनका लागि राष्ट्रिय जीवनका महत्वपूर्ण पक्षहरुबीच छलफल भई अधिकांश पक्षहरुले आत्मसात गरेको हुनुपर्दछ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले दिएको सार्वजनिक बिदाबारे चौतर्फि आलोचना भइरहेको छ । यसअघि कांग्रेसका महामन्त्री गगन थापा, मिनेन्द्र रिजाललगायत नेताहरुले पनि विरोध जनाइसकेका छन् ।