१४ श्रावण २०८३, बिहीबार
,
Latest
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ? नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु संसदमा प्रचण्डको सम्बोधन सुरु सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण वर्ल्डलिंकबाट सुरु भयो विद्युत् प्राधिकरणको पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया जनसरोकारका मुद्दामा सरकार उदासीन भएको भन्दै सांसद मल्लद्वारा ध्यानाकर्षण सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा नेपालले पठायो २२ टन राहत सामग्री



अ+ अ-

काठमाडौँ । महाविनाशकारी भूकम्पबाट प्रभावित टर्कीका पीडितहरुका लागि नेपाल सरकारले राहत सामग्रीको पहिलो खेप पठाएको छ । सोमबार दिउँसो २२ टनभन्दा बढी राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राहत सामग्रीमा औषधि, मेडिकल उपकरण, न्याना कपडालगायत अत्यावश्यक सामग्री रहेका छन् । गत सोमबार टर्कीमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परी टर्की र सिरियामा गरी करिब ३० हजारको मृत्यु भएको बताइएको छ ।

माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले टर्कीमा अत्यावश्यक राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।