३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता साझेदारको बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक बस्दै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर सत्ता साझेदारबीच असहमति भएकै बेला उहाँले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो । आज बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ ।

बैठक दिउँसो २ बजे बस्ने बताइएको छ । संसद्मा एमसीसी टेबल गर्ने विषयमा विवाद भएपछि सो बारेमा अधिकतम सहमति गर्न आज सत्ता साझेदारको बैठक बोलाइएको छ । प्रधानमन्त्री देउवाले एमसीसीलाई जसरी पनि संसद्मा टेबल गर्नुपर्ने अडानमा हुनुहुन्छ ।

तर सत्ता साझेदारको नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पारित गर्न नहुने भन्दै जबरजस्ती एमसीसी टेबल भए सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ । साथै उसले एमसीसीमा विपक्षमा मतदान गर्ने बताएको छ ।