१४ श्रावण २०८३, बिहीबार
,
Latest
काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड देवानगञ्ज घटनाप्रति एमाले अध्यक्ष ओलीको चिन्ता, संयम र संवादमार्फत समाधान खोज्न आग्रह वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा, भेला–जुलुस र प्रदर्शनमा रोक सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी सञ्चारमाध्यम प्रादेशिक संरचनाअनुसार सञ्चालन हुनुपर्छ : मन्त्री शर्मा



अ+ अ-

दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै सरकारी सञ्चारमाध्यम प्रादेशिक संरचनाअनुसार सञ्चालन हुनुपर्ने बताउनुभएको छ । उहाँले राससलगायतका सरकारी सञ्चारमाध्यमलाई प्रदेश राजधानीबाटै सञ्चालनका लागि आफूले पहल गर्ने बताउनुभयो ।

पत्रकार महासङ्घ दाङसहित जिल्लामा क्रियाशिल पत्रकारका संगठनद्वारा आयोजित स्वागत तथा बधाई कार्यक्रममा उहाँले सञ्चारसँग सम्बन्धित सबै कानुन संशोधन गरी समय सान्दर्भिक बनाउने समेत स्पष्ट पार्नुभयो ।

“चलचित्र बोर्ड ऐन २०२६ मा बनेको रहेछ, प्रेस काउन्सिल ऐन पनि पुरानो छ”, उहाँले भन्नुभयो, “आमसञ्चारको तीव्ररुपमा विकास भइरहेको छ, अब पुराना कानुन संशोधन गरी समयअनुकुल बनाउनुपर्छ ।”

मन्त्री शर्माले हुलाक सेवालाई पुर्नसंरचना गर्न आवश्यक रहेको बताउनुभएको छ । पछिल्लो समय हुलाक सुनसान हुने गरेको भन्दै पुर्नसंरचना आवश्यक रहेको बताउनुभयो ।

“एउटा हुलाक कार्यालयमा जाँदा चार महिनामा तीन वटा पत्र मात्रै पठाएको पाइयो”, उहाँले भन्नुभयो, “हुलाकबाट व्यक्तिगत पत्र आदानप्रदान अहिले शुन्यको अवस्थामा रहेछ, त्यसबाहेक हुलाकबाट अन्य काम नहुने रहेछ ।”

उहाँले राजमार्गका कतिपय स्थानमा मोबाइल फोनले काम गर्न नसक्ने अवस्था रहेको भन्दै त्यस्ता स्थानमा दुर्घटना भएमा उद्दारमा समस्या आउने गरेको बताउनुभयो । मन्त्री शर्माले निर्वाचन जसले जिते पनि विकासको काममा सबैको सहकार्य जरुरी रहेको धारणा राख्नुभयो ।