१४ श्रावण २०८३, बिहीबार
,
Latest
वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा, भेला–जुलुस र प्रदर्शनमा रोक सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डसँग आर्सनलको बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदान इमिरेट्समा खेलको ६६ औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७४ औं मिनेटमा इभान टोनीले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र लिग लिडर आर्सनलले अंक बाँड्न बाध्य भयो ।

शीर्षस्थानको आर्सनलको २१ खेलबाट ५१ अंक छ । २२ खेलबाट ३४ अंकसहित ब्रेन्टफोर्ड आठौं स्थानमा छ ।