• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टिमको यस्तो छ अभ्यास तालिका ★   जुम्लाको छुमचौरमा कालीमार्सी धान रोपाइँ ★   सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने लोसपाको माग ★   भीमबहादुरले पारालिम्पक छनोट खेल्ने ★   जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन ★   कार्यव्यवस्था बैठक बस्न सकेन, प्रतिनिधिसभा बैठक प्रभावित ★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न सक्दैन: नेता सिटौला ★   काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन ★   नेपालमा कुस्ती: चुनौतीबीच संस्कृतिको संरक्षण ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले जुन १ सम्म अन्तरिम जमानत पाए, चुनाव प्रचार गर्न सक्ने

वैकल्पिक शक्तिको एजेण्डा बोक्ने दलहरुलाई स्थापित दलहरुले नै सिध्याउँछन्ः सिके राउत



काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरुलाई स्थापित दलहरुले नै सिध्याउने गरेको आरोप लगाउनुभएको छ ।

शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउने राजनीतिक दलहरुलाई स्थापित दलहरुलै कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास भइरहेको बताउनु भयो ।

उहाँले नयाँ शक्तिको एजेण्डा बोकेका वैकल्पिक राजनीतिक दलहरुले सदनलाई भन्दा पनि सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले राजनीतिक पार्टीको रुपमा दर्ता हुँदैमा सरकारमा जानुलाई नै सबैभन्दा ठूलो प्राथमिकता बनाउनु नहुने बताउनु भयो । उहाँले सबै वैकल्पिक राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्ने बताउनु भयो । उहाँले वैकल्पिक शक्तिहरु एक ठाउँमा बसेर क्रान्तिको बिजारोपण गर्नसके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्नसक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सडक आफैँमा सबैभन्दा ठूलो थलो हो । त्यसलाई हामीले आफ्नो स्थान बनाउन सक्नुपर्छ । त्यसलाई कम प्राथमिकतामा राख्नु हुँदैन । हामी राजनीतिक पार्टीको रुपमा दर्ता भयो भन्दैमा सबैभन्दा ठूलो प्राथमिकता सरकारमा नै जाने, संसदमा नै जाने भन्ने होइन । संघर्षको माध्यमबाट हामीले हामी अघि बढ्नुपर्छ । सम्पूर्ण वैकल्पिक शक्ति चाहनेहरु एक ठाउँमा आएर कुनै क्रान्तिको बिजारोपण गर्नसक्यो भने चाहे त्यो भ्रष्टाचार, बेरुजु, कुशासनको बिरुद्धमा नै होस् । रोजगारी सिर्जना कायम गर्न, सुशासन कायम गर्नेकुरालाई आधार मानेर अघि बढेमात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्छौँ ।’

अध्यक्ष राउतले वैकल्पिक शक्तिहरुले स्थापित तरिका र निर्वाचनको माध्यमबाट मात्रै जानसक्ने भन्नेकुरा सोच्नु नहुने बताउनु भयो ।