४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टिमको यस्तो छ अभ्यास तालिका



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप २०२४ का लागि अमेरिका पुगेको नेपाली टोली अहिले अभ्यासमा व्यस्त छ । नेपाली टोलीले फ्लोरिडामा ८ मे देखि नै अभ्यास क्याम्प सुरु गरिसकेको छ ।

नेपालले आइसिसीको आधिकारीक अभ्यासबाहेक तीन अभ्यास खेल खेल्ने कार्यतालिका रहेको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले १२ मेमा अभ्यासका लागि विश्वकप खेल हुने मैदान सेन्ट भिन्सेन्ट प्रस्थान गर्नेछ । उक्त मैदानमा नेपालले अभ्यास गर्नेछ ।

यस्तै, १४ मेमा नेपालले सेन्ट भिन्सेन्ट र विन्डवार्ड आइसल्यान्डको मिक्स टिमसँग पहिलो अभ्यास खेल खेल्ने छ ।

नेपालले सोहि मैदानमा १६ मेमा सेन्ट भिन्सेन्ट र विन्डवार्ड आइसल्यान्डको मिक्स टोलीसँगै दोस्रो खेल खेल्ने तालिका छ । त्यस्तै सोही टोलीसँग तेस्रो खेल नेपालले १८ मेमा खेल्नेछ ।

त्यसपछि नेपाली टोली अमेरिकाको होस्टन प्रस्थान गर्ने कार्यतालिका रहेको क्यानले जनाएको छ । १९ मेमा होस्टन प्रस्थान गर्ने नेपाली टोलीले २१ मे मा होस्टनमा अभ्यास गर्नेछ । त्यहाँ नेपालले होस्टन हुरीक्यानसँग अभ्यास खेल खेल्ने छ ।

नेपालले २२ र २३ मेमा होस्टन हुरीक्यानसँग अभ्यास खेल खेल्ने कार्यतालिका रहेको छ । त्यसपछि २५ मेमा आइसिसीको आधिकारी अभ्यास खेल सुरु हुने कार्यतालिका रहेको छ ।