२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैकल्पिक शक्तिको एजेण्डा बोक्ने दलहरुलाई स्थापित दलहरुले नै सिध्याउँछन्ः सिके राउत



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरुलाई स्थापित दलहरुले नै सिध्याउने गरेको आरोप लगाउनुभएको छ ।

शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउने राजनीतिक दलहरुलाई स्थापित दलहरुलै कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास भइरहेको बताउनु भयो ।

उहाँले नयाँ शक्तिको एजेण्डा बोकेका वैकल्पिक राजनीतिक दलहरुले सदनलाई भन्दा पनि सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले राजनीतिक पार्टीको रुपमा दर्ता हुँदैमा सरकारमा जानुलाई नै सबैभन्दा ठूलो प्राथमिकता बनाउनु नहुने बताउनु भयो । उहाँले सबै वैकल्पिक राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्ने बताउनु भयो । उहाँले वैकल्पिक शक्तिहरु एक ठाउँमा बसेर क्रान्तिको बिजारोपण गर्नसके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्नसक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सडक आफैँमा सबैभन्दा ठूलो थलो हो । त्यसलाई हामीले आफ्नो स्थान बनाउन सक्नुपर्छ । त्यसलाई कम प्राथमिकतामा राख्नु हुँदैन । हामी राजनीतिक पार्टीको रुपमा दर्ता भयो भन्दैमा सबैभन्दा ठूलो प्राथमिकता सरकारमा नै जाने, संसदमा नै जाने भन्ने होइन । संघर्षको माध्यमबाट हामीले हामी अघि बढ्नुपर्छ । सम्पूर्ण वैकल्पिक शक्ति चाहनेहरु एक ठाउँमा आएर कुनै क्रान्तिको बिजारोपण गर्नसक्यो भने चाहे त्यो भ्रष्टाचार, बेरुजु, कुशासनको बिरुद्धमा नै होस् । रोजगारी सिर्जना कायम गर्न, सुशासन कायम गर्नेकुरालाई आधार मानेर अघि बढेमात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्छौँ ।’

अध्यक्ष राउतले वैकल्पिक शक्तिहरुले स्थापित तरिका र निर्वाचनको माध्यमबाट मात्रै जानसक्ने भन्नेकुरा सोच्नु नहुने बताउनु भयो ।