• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय ★   यी ४ रोग छन् भने केरा नखानुहोस् ★   बिहान खाली पेटमा यी फलफुल खानुहोस् ★   तौल घटाउन बिहान खाली पेटमा कागती पानी पिउनुहुन्छ भने सावधान ! ★   आईपीएलमा बैंगलोरको लगातार पाँचौं जित, प्लेअफको सम्भावना कायमै ★   म्यान्चेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो ★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो

योजना आयोगको सदस्यमा वैज्ञानिक राउत नियुक्त



काठमाडौँ । राष्ट्रिय योजना आयोगको सदस्यमा डा जयकान्त राउत नियुक्त हुनुभएको छ । उहाँ च्याउ वैज्ञानिक हुनुहुन्छ । मन्त्रिपरिषद्को बैठकले उहाँलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।

उहाँले बिहीबार पद तथा गोपनीयताको शपथ लिएर कार्यभारसमेत सम्हालिसक्नुभएको छ । ललितपुरको फुल्चोकीबाट संसारकै नयाँ प्रजातिको च्याउ उहाँले पत्ता लगाउनुभएको थियो । साथे नास्टको फेकल्टी अफ साइन्सको बायोलोजिकल रिसर्च युनिटमा रहेर नेपालमा पाइने ढुसीलाई एकीकृत गरेर जानकारी दिने उद्देश्यले पहिलो पटक ढुसीको डेटाबेस निर्माणको काम गर्नुभएको थियो ।

वैज्ञानिक राउत नास्टबाट राजीनामा दिएर राजनीतिमा आउनुभएको थियो । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँले जनमत पार्टीबाट सप्तरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभएको थियो । उहाँ निर्वाचनमा जनता समाजवादी पार्टीका नवलकिशोर साहसँग पराजित हुनुभएको थियो ।

डा झा जनमत पार्टीका अध्यक्ष सिके राउतका सहोदर दाजु हुनुहुन्छ ।