३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात महिनामा १२ अर्ब राजस्व सङ्कलन



अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु १२ अर्ब ३० करोड राजस्व सङ्कलन गरेको छ । 

गत साउनदेखि माघ मसान्तसम्म रु १२ अर्ब ६१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु ३१ करोड कम राजस्व सङ्कलन भएको उक्त कार्यालयले जनाएको हो । सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा रु ११ अर्ब ७५ करोड ७२ लाख सङ्कलन भएको छ । जस्मा रु १२ अर्ब ५५ करोड ६ लाख राजस्व असुली गर्ने लक्ष्य लिइएको प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले जानकारी दिनुभयोे । 

आयकरमा रु ३० करोड ७७ लाख ९७ हजार,मूल्य अभिवृद्धि कर ९भ्याट०मा रु १७ करोड २७ लाख ९० हजार, ब्याजमा रु तीन करोड १४ लाख २० हजार, स्वास्थ्य सेवामा रु एक करोड ८३ लाख ७० हजार र घरबहाल करमा रु ८२ लाख ५२ हजार राजस्व सङ्कलन भएको उहाँको भनाइ थियो ।

कार्यालयले लक्ष्यअनुसारको राजस्व असुली गर्नका लागि करदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि लैजाने तयारी गरिरहेको प्रमुख कर अधिकृत अर्यालले बताउनुभयो ।