५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले शपथ लिदै, दुई मन्त्रीको नियुक्ति पनि आजै



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले आज शपथ लिने भएका छन् । प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री शाहलाई दिउँसो ३ः३० बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको हो ।

मुख्यमन्त्री शाहले आजै २ जना मन्त्रीहरु नियुक्त गर्ने तयारी रहेको छ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट एकएक जनालाई आजै मन्त्री नियुक्त गर्ने बताईएको छ । यद्यपी को को मन्त्री बन्ने भन्नेमा अझै पक्का भइसकेको छैन ।

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्र रावलले बिहीबार संसदबाट विश्वासको मत लिन नसकेर पदमुक्त भएपछि राजीनामा बुझाएका थिए ।

मुख्यमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेता शाहले पनि संविधानको धारा १६८ को ३ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।