२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले शपथ लिदै, दुई मन्त्रीको नियुक्ति पनि आजै



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले आज शपथ लिने भएका छन् । प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री शाहलाई दिउँसो ३ः३० बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको हो ।

मुख्यमन्त्री शाहले आजै २ जना मन्त्रीहरु नियुक्त गर्ने तयारी रहेको छ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट एकएक जनालाई आजै मन्त्री नियुक्त गर्ने बताईएको छ । यद्यपी को को मन्त्री बन्ने भन्नेमा अझै पक्का भइसकेको छैन ।

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्र रावलले बिहीबार संसदबाट विश्वासको मत लिन नसकेर पदमुक्त भएपछि राजीनामा बुझाएका थिए ।

मुख्यमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेता शाहले पनि संविधानको धारा १६८ को ३ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।