२९ भाद्र २०८३, सोमबार
,
Latest
हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्य तामाङले पनि त्रिकोणात्मक सिरिज खेल्ने



अ+ अ-

काठमाडौं । युवा क्रिकेटर सूर्य तामाङ पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका छन् । मंगलबारबाट घरेलु मैदानमा सूरु हुने त्रिकोणात्मक ओडिआई सिरिजको लागि नेपालले घोषणा गरेको १४ सदस्सीय टोलीमा सुर्यले पहिलो पटक स्थान बनाएका हुन् ।

भक्तपुरका २१ वर्षीय बायाँ हाते स्पिनर सूर्य यू–१९ राष्ट्रिय टोली हुँदै सिनियर टोलीमा अटाएका हुन् । सूर्यले दुई साताअघि भएको नेपाल टि–२० लिगमा विराटनगर सुपर किंग्सलाई फाइनलसम्म पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका थिए । सूर्यले ८ खेलमा ४.३५ को इकोनीमा १२ विकेट लिएका थिए ।

सूर्य घरेलु क्रिकेटमा बागमती प्रदेशबाट खेल्ने गर्दछन् । केही महिना अघि सम्पन्न प्रधानमन्त्री कपमा उनले ४ खेलमा १ सय २१ रन खर्चिएर ५ विकेट लिएका थिए ।

१४ सदस्सीय नेपाली टोलीमा स्पिनरमा मात्रै सूर्य तामाङ, पूर्वकप्तान सन्दीप लामिछाने र ललितनारायण राजवंशी गरी तीन जना रहेका छन् । सन्दीपले प्लेइङ ११ मा खेल्ने पक्का हुँदा ललित र सूर्यमध्ये एकले मात्र मौका पाउनेछन् । ललित अनुभवका आधारमा अगाडी रहे पनि नवप्रतिभाका रुपमा सूर्यले मौका पाउँन सक्नेछन् ।

नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् भने टोलीमा सन्दीप जोरा, कुशल मल्ल र भिम सार्कीले पुनरागमन गरेका छन्।

टियु क्रिकेट मैदानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डको सहभागिता रहेको छ । फेब्रुअरी १४ देखि २१ सम्म हुने सिरिजको उद्घाटन खेलमा नेपाल र नामिबिया भिड्नेछन् ।

नेपाली टोली:

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भिम सार्की, सुर्य तामाङ

वैकल्पिक खेलाडी:

आरिफ शेख, प्रतिश जी।सी,श्याम(मौसम) ढकाल र अर्जुन साउद