१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

कोभिड-१९ महामारी बीच आसियान विदेश मन्त्रीहरूको बैठक

कोभिड-१९ महामारी बीच आसियान विदेश मन्त्रीहरूको बैठक
अ अ+ अ-

नोम पेन्ह 'कम्बोडियो' । कोभिड-१९ महामारी, समावेशी आर्थिक पुनस्प्राप्ति र संवाद साझेदारहरूसँगको सम्बन्ध जस्ता मुद्दाहरूमा छलफल गर्न हाइब्रिड ढाँचामा बिहीबार आसियान विदेश मन्त्रीहरूको बैठक (एएमएम रिट्रीट) शुरु भएको छ। 

कम्बोडियाका विदेशमन्त्री प्राक सोखोनको अध्यक्षतामा भएको उक्त रिट्रीटमा इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिङ्गापुर र लाओसका विदेशमन्त्रीहरू र ब्रुनाई, थाइल्याण्ड र भियतनामका विदेशमन्त्रीहरूले अनलाइनमा भाग लिनुभएको थियो । सिन्ह्वा समाचार एजेन्सीका अनुसार यसका लागि प्रतिनिधि भियतनामी विदेश मन्त्री बुई थान्ह सन बुधबार दिउँसो कम्बोडिया आइपुगे पनि कोभिड संक्रमण पुष्टि भएपछि अनलाइन बैठकमा भाग लिनुभएको हो कोभिड महामारीको कारण एक वर्ष भन्दा बढीको अन्तराल पछि यो पहिलो व्यक्तिगत रूपमा आसियान विदेश मन्त्रीहरूको बैठक हो।

भेला शुरुमा जनवरीमा हुने तय गरिएको थियो तर कम्बोडियाले म्यानमारमा आफ्नो अडानलाई लिएर अन्य राष्र्ीहरूसँग झगडा गरेपछि स्थगित गरिएको थियो। गत वर्ष फेब्रुअरीमा भएको सैनिक विद्रोहपछि म्यानमारमा भएको 'पाँच-बुँदे सहमति' लाई कसरी साकार पार्ने भन्ने छलफलको मुद्दा हुने अपेक्षा गरिएको, एनएचके वर्ल्डले रिपोर्ट गरेको छ। गत वर्ष भएको आसियान शिखर स्तरीय बैठकमा उक्त सहमति भएको थियो ।

यसका प्रस्तावहरूमध्ये म्यानमारमा हिंसाको तत्काल अन्त्य र आसियानका विशेष दूतको मध्यस्थतामा सम्बन्धित सबै पक्षहरूबीचको वार्ता समावेश छ, एनएचके वर्ल्डले उल्लेख गरेको छ। फेब्रुअरी १ मा म्यानमारको सेनाले वरिष्ठ जनरल मिङ आङ ह्लाइङको नेतृत्वमा सेनाले नागरिक सरकारलाई अपदस्थ गरी एक वर्ष लामो सङ्कटकाल घोषणा गरेपछि देश अशान्त छ। (रासस/एएनआई)