५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभामा अनिवार्य मुस्लिम समुदायको प्रतिनिधित्व होस्– मुस्लिम इत्तेहाद संगठन



अ+ अ-

काठमाडौँ । मुस्लिम इत्तेहाद संगठन नेपालले राष्ट्रियसभामा मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ ।

संगठनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुझाएको ज्ञापनपत्रमा वर्तमान निर्वाचन निर्देशिकाअनुसार परिभाषित ६ क्लस्टरमध्ये तुलनात्मकरुपमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुस्लिम जनसंख्या कम रहेको भन्दै यी प्रदेशमा मुस्लिम समुदायलाई समेट्ने गरी निर्देशिका संशोधन हुनुपर्ने बताएको छ ।

 

संगठनले बुझाएको १० बुँदे ज्ञापनपत्रमा नेपाल हज समितिलाई अधिकार सम्पन्न बनाउन हज ऐन पारित गर्नुपर्ने, मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य र रोजगारमा पहुँच बढाउनुपर्ने, अधिकारसम्पन्न मदरसा बोर्ड गठन गर्नुपर्ने लगायत माग राखिएको छ ।