२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभामा अनिवार्य मुस्लिम समुदायको प्रतिनिधित्व होस्– मुस्लिम इत्तेहाद संगठन



अ+ अ-

काठमाडौँ । मुस्लिम इत्तेहाद संगठन नेपालले राष्ट्रियसभामा मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ ।

संगठनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुझाएको ज्ञापनपत्रमा वर्तमान निर्वाचन निर्देशिकाअनुसार परिभाषित ६ क्लस्टरमध्ये तुलनात्मकरुपमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुस्लिम जनसंख्या कम रहेको भन्दै यी प्रदेशमा मुस्लिम समुदायलाई समेट्ने गरी निर्देशिका संशोधन हुनुपर्ने बताएको छ ।

 

संगठनले बुझाएको १० बुँदे ज्ञापनपत्रमा नेपाल हज समितिलाई अधिकार सम्पन्न बनाउन हज ऐन पारित गर्नुपर्ने, मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य र रोजगारमा पहुँच बढाउनुपर्ने, अधिकारसम्पन्न मदरसा बोर्ड गठन गर्नुपर्ने लगायत माग राखिएको छ ।