• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय

एमालेले प्रस्ताव गरेकाे राष्ट्रपतिलाई कांग्रेसले हराएरै छाड्छ : गगन थापा(भिडियोसहित)



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गर्नु भएको छ ।

महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने कुरा स्वभाविकै भएको जिकीर समेत गर्नु भयो ।

बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरु आँखा लगाएरै अघि बढने बताउनु भयो । महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दूर्घटना हुने डर काँग्रेसलाई भएकाले आफूहरु त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरु पक्षको बनाउन सबै प्रयास गर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘राष्ट्रपतिका आँखा लाउलास भन्नु हुन्छ साथीहरु । ठिकै हो । त्यो पनि कुरा । तर नेपालको राष्ट्रपतिको संस्था गएको केही वर्षहरुमा हामीले कस्तो बनाएका छौं ? मन लाग्दाखेरी हामीले संविधानलाई मिच्न पाउने । हामीले संसद विघटनको बेलामा हे¥यौ । सम्माननीय राष्ट्रज्यू समक्ष अडकिएको विधेयक र यो सरकारले निर्वाचनपछाडि लिएर गएको अध्यादेश । यी दुई वटा विषयमा मेरा आफ्ना मतहरु छन । जसलाई मैले संसदमा पनि राखेको छु । भोलीको दिनमा पनि फेरी संसदमा राख्नेछु । कतिपय सन्दर्भमा यसमा मेरो पार्टी भित्र पनि आफ्नो विचार छन् ।

तर हाम्रो व्यवस्थाले के भन्छ–म जस्तो सांसदलाई त्यो विधेयकको अध्यादेशको मेरिटमा पसेर त्यसको पक्षमा उभिने र विपक्षमा उभिने मलाई जिम्मेवारी दिएको छ वा त्यो मेरो अधिकार हो । त्यसको आधारमा मैले भोली फेरी चुनावमा जाँदा हिसावकिताव देखाउनु पर्छ । यो पटक म संसदमा एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा उभिए । निर्वाचनमा क्षेत्रमा हाल्छु भोट तलाई एमसीसी पास गर्ने भनेर गाली खाँए । कतिपय ठाउँमा भोट पाईन । म सांसद हु नि त । हाम्रो व्यवस्थाले हामीलाई त्यही दिएको छ नि त ।

राष्ट्रपतिजीलाई त्यो संग जोडेको छैन । तर अहिले नेकपा एमालेको नेतृत्वले राष्ट्रपति नेकपा एमालेले बनायो भने त्यो राष्ट्रपति कस्तो हुन्छ ? त्यो राष्ट्रपतिलाई सम्माननीय कठपुतली राष्ट्रपति भनि दिए हुन्छ । त्यसले के गर्छ ? यो सरकारको कुरा होइन है । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । त्यसले विस्तार दुई शक्ति केन्द्र हुन्छ ।

एउटा बालुवाटार, अर्को शीतल निवास हुन्छ । अनि बालुवाटारबाट कार्यअधिकार प्रयोग गर्ने ठाउँबाट शीतल निवासले पनि कार्यकारी अधिकार प्रयोग गर्छ । र, एक ठाउँमा गएर ठोक्किन्छ । र, त्यसले संविधानलाई दूर्घटनामा लिएर जान्छ । त्यो संविधानलाई दुर्घटनामा लिएर जाने डरले गर्दा नेपाली काँग्रेसले हामीले लुकाउने कुरा छ र ?

हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं । र, हराएरै छाडछौं । कोसिस गर्छौं । लाग्छौं लाग्छौं । यो स्वभाविक हो नि । अस्वभाविक हो र । आँखा लाउलास भन्नु हुन्छ । आँखै लाउँछौं । भोटै माग्छौं । फकाउँछांै । मिलाउने कोसिस गर्छौ । त्यसलाई मत लिने कोशिस गछौं । र, हामीलेको भनेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउने कोशिस गछौं । किनभने राष्ट्रपति को हुने भन्दा पनि संविधानलाई दूर्घटनामा लिएर जाने वा नजाने भन्ने हाम्रो मनमा डर पसेको छ । डर हिजोको राष्ट्रपतिहरुको भूमिकाको कारणले पसेको छ । त्यसैले हामी त्यो डरबाट मुक्त हुन चाहन्छौं । ’

विगतका राष्ट्रपतिहरुको भूमिका ठिक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरु रहेको महामन्त्री थापाको भनाई थियो ।