६ श्रावण २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले प्रस्ताव गरेकाे राष्ट्रपतिलाई कांग्रेसले हराएरै छाड्छ : गगन थापा(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गर्नु भएको छ ।

महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने कुरा स्वभाविकै भएको जिकीर समेत गर्नु भयो ।

बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरु आँखा लगाएरै अघि बढने बताउनु भयो । महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दूर्घटना हुने डर काँग्रेसलाई भएकाले आफूहरु त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरु पक्षको बनाउन सबै प्रयास गर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘राष्ट्रपतिका आँखा लाउलास भन्नु हुन्छ साथीहरु । ठिकै हो । त्यो पनि कुरा । तर नेपालको राष्ट्रपतिको संस्था गएको केही वर्षहरुमा हामीले कस्तो बनाएका छौं ? मन लाग्दाखेरी हामीले संविधानलाई मिच्न पाउने । हामीले संसद विघटनको बेलामा हे¥यौ । सम्माननीय राष्ट्रज्यू समक्ष अडकिएको विधेयक र यो सरकारले निर्वाचनपछाडि लिएर गएको अध्यादेश । यी दुई वटा विषयमा मेरा आफ्ना मतहरु छन । जसलाई मैले संसदमा पनि राखेको छु । भोलीको दिनमा पनि फेरी संसदमा राख्नेछु । कतिपय सन्दर्भमा यसमा मेरो पार्टी भित्र पनि आफ्नो विचार छन् ।

तर हाम्रो व्यवस्थाले के भन्छ–म जस्तो सांसदलाई त्यो विधेयकको अध्यादेशको मेरिटमा पसेर त्यसको पक्षमा उभिने र विपक्षमा उभिने मलाई जिम्मेवारी दिएको छ वा त्यो मेरो अधिकार हो । त्यसको आधारमा मैले भोली फेरी चुनावमा जाँदा हिसावकिताव देखाउनु पर्छ । यो पटक म संसदमा एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा उभिए । निर्वाचनमा क्षेत्रमा हाल्छु भोट तलाई एमसीसी पास गर्ने भनेर गाली खाँए । कतिपय ठाउँमा भोट पाईन । म सांसद हु नि त । हाम्रो व्यवस्थाले हामीलाई त्यही दिएको छ नि त ।

राष्ट्रपतिजीलाई त्यो संग जोडेको छैन । तर अहिले नेकपा एमालेको नेतृत्वले राष्ट्रपति नेकपा एमालेले बनायो भने त्यो राष्ट्रपति कस्तो हुन्छ ? त्यो राष्ट्रपतिलाई सम्माननीय कठपुतली राष्ट्रपति भनि दिए हुन्छ । त्यसले के गर्छ ? यो सरकारको कुरा होइन है । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । त्यसले विस्तार दुई शक्ति केन्द्र हुन्छ ।

एउटा बालुवाटार, अर्को शीतल निवास हुन्छ । अनि बालुवाटारबाट कार्यअधिकार प्रयोग गर्ने ठाउँबाट शीतल निवासले पनि कार्यकारी अधिकार प्रयोग गर्छ । र, एक ठाउँमा गएर ठोक्किन्छ । र, त्यसले संविधानलाई दूर्घटनामा लिएर जान्छ । त्यो संविधानलाई दुर्घटनामा लिएर जाने डरले गर्दा नेपाली काँग्रेसले हामीले लुकाउने कुरा छ र ?

हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं । र, हराएरै छाडछौं । कोसिस गर्छौं । लाग्छौं लाग्छौं । यो स्वभाविक हो नि । अस्वभाविक हो र । आँखा लाउलास भन्नु हुन्छ । आँखै लाउँछौं । भोटै माग्छौं । फकाउँछांै । मिलाउने कोसिस गर्छौ । त्यसलाई मत लिने कोशिस गछौं । र, हामीलेको भनेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउने कोशिस गछौं । किनभने राष्ट्रपति को हुने भन्दा पनि संविधानलाई दूर्घटनामा लिएर जाने वा नजाने भन्ने हाम्रो मनमा डर पसेको छ । डर हिजोको राष्ट्रपतिहरुको भूमिकाको कारणले पसेको छ । त्यसैले हामी त्यो डरबाट मुक्त हुन चाहन्छौं । ’

विगतका राष्ट्रपतिहरुको भूमिका ठिक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरु रहेको महामन्त्री थापाको भनाई थियो ।