२१ असार २०८३, आईतवार
,
Latest
सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाइतर समूहले कसलाई बनाउने छ सभापतिको साझा उम्मेदवार, आजको बैठकमा के भयो छलफल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समुहको बैठकले सभापतिको साझा उम्मेदवार बनाउने विषयमा छलफल प्रारम्भ गरेको छ । 

शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको संस्थापनइतर समुहका नेताहरुको बैठकले सभापतिको लागि साझा उम्मेदवार बनाउने विषयमा छलफल अगाडी बढाएको नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसिले बताउनुभयो । पार्टीभित्र रुपान्तरणको खाँचो भएको भन्दै पार्टीलाई नेतामुखि नभई नीतिमुखी बनाएर अघि बढाउनुपर्ने आवश्यकता भएकाले सबैको साझा उम्मेदवार बनाउने प्रयत्नको प्रयास थालिएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘पार्टी भित्र संस्थापन र संस्थापनइतर भनेर चिनिएका साथीहरु बीचमा आग्रह, पूर्वाग्रहबाट मुक्त भएर हामी जो लड्छौँ एकजना लड्छौँ र एकजनाको स्थिति निर्माण गर्नुपर्छ भन्ने विषयमा छलफल केन्द्रीत हो र त्यसका निम्ति के–कस्ता मोडालिटी र आधारहरु बनाउनुपर्छ र ति आधारहरुको निर्माण गर्दै समग्र रुपबाट एउटा उम्मेदवार बनाउने प्रयत्नको प्रारम्भिक प्रयास हो ।’

नेता केसीले क्रियाशिल सदस्यतामा देखिएको आन्तरिक विवाद, राष्ट्रिय परिस्थिति र समसामयिक राजनीको विषयमा सर्वोच्च अदालतबाट आउने फैसलापछिको परिदृश्यको सम्बन्धमा पनि छलफल भएको जानकारी दिनुभयो । बैठक पछि नेतृ सुजाता कोईरालाले संस्थापनइतर समुहमा सभापतिको उम्मेदवारको विषयमा कुनै विवाद नभएको बताउनुभयो । आफुहरु एक भएर अघि बढ्ने उहाँले प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो बिचमा कुनै विवाद छैन । विवाद हुँदैन र एकजनाले उम्मेदवार दिन्छ त्यसबारेमा हामीले छलफल गरिरहेका छौँ । निर्णय भईसकेको छैन तर अब छिटो हुन्छ । हामी सबै एक छौँ । हामी एक भई जान्छौँ । एकजनाको उम्मेदवारी दिन्छौँ ।’
 
कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै संस्थापन र संस्थापनइतर पक्षका नेताहरुले आ–आफ्नो भेलालाई निरन्तरता दिईरहेका छन् । कांग्रेसमा आधादर्जन बढी नेताहरुले सभापतिको आकांक्षा देखाएका छन् ।