२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवामाथि बढ्दो दबाब, इतर पक्षका तीन नेतापुत्रको आफ्नै दाबी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवामाथि दबाब बढ्दो छ । सभापति देउवाले नेतृत्व गरेको संस्थापनइतर समूहले यो दबाबको सिर्जना गरिरहेको छ । केही दिनयतादेखि देउवा इतर पक्षका काँग्रेस नेताहरु सभापतिको साझा उम्मेदवार बनाउने काममा लागेका छन् । 

यस विषयमा छलफल प्रारम्भ गरेको सो समूहले जनाएको छ । अघिल्लो हप्ता नेपाली काँग्रेसका नेतात्रय विपी कोइराला, गणेशमान सिंह र महेन्द्र नारायण निधिका पुत्रत्रय क्रमशः सशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले आइब्रेक गरेका थिए । 

यसअघि लगभग देउवाकै क्याम्पमा रहेका नेताद्धय कोइराला र निधिले औपचारिक रुपमै देउवा क्याम्प छोडेर आफै सभापतिको उम्मेदबार बन्ने सन्देश दिएका थिए । उनीहरुले अहिलेको अवस्थामा को सभापतिको उमेदबार बन्ने भन्ने कुरा त बाहिर भनेका छैनन् तर पनि यसै विषयमा यी तिनै नेताका निवासमा दिवा खाना भने पालैपालो गरिसकेका छन् । 

उनीहरुले आसन्न महाधिवेशनमा कम्तीमा देउवा क्याम्पमा भने आफूहरु नरहेका बताएका छन् । यद्यपि, यी तीनमध्ये कुनै एक सभापति उठ्दैछन् या तीनैजना अलग अलग नै सभापतिको उम्मेदबार हुन लागेका हुन् भन्ने बारेमा भने केही बताएका छैनन् । त्यसैले पनि उनीहरुको पालैपालोको दिवा खानापछि यो रणनीति बाहिर आएको छैन ।    

यही मेलोमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि यो अभियान थालेका छन् । उनले आफ्नो निवासमा नगरे पनि कतै आफू पक्षका नेता बोलाएर फेरि आफूलाई एक पटकका लागि सभापतिमा उठ्न दिन भनेका छन् । तर यसपालि उनलाई देउवाइतर पक्षबाट यो अवसर मिल्नै देखिँदैन किनभने उनले बोलाका बैठकमा खासै प्रभावकारी नेता पुगेका थिएनन् ।  

यता शुक्रबार बत्तिसपुतलीथित अनुपम फुडल्याण्डमा भएको संस्थापनइतर समुहका नेताहरुको बैठकले सभापतिको लागि साझा उम्मेदवार बनाउने विषयमा छलफल थालेको बुझिएको छ । कांग्रेस नेता अर्जुननरसिंह केसीका अनुसार पार्टीभित्र रुपान्तरणको खाँचो भएको भन्दै पार्टीलाई नेतामुखि नभई नीतिमुखी बनाएर अघि बढाउनुपर्ने आवश्यकता भएकाले सबैको साझा उम्मेदवार बनाउने प्रयत्नको प्रयास थालिएको हो । 

नेता केसीले पार्टी भित्र संस्थापन र संस्थापनइतर भनेर चिनिएका साथीहरु बीचमा आग्रह, पूर्वाग्रहबाट मुक्त भएर हामी जो लड्छौँ एकजना लड्छौँ र एकजनाको स्थिति निर्माण गर्नुपर्छ भन्ने विषयमा छलफल भएको बताए पनि अवस्था भने त्यति सजिलो देखिँदैन । किनभने अघि माथि नाम लिइएका नेतात्रयको अवस्था पनि एकै ठाउँमा रहने अझै देखिएको छैन । 

बिमलेन्द्रको विद्रोह शैलीको महत्वाकांक्षा या अडानले पनि यो कुराको संकेत गर्दछ । यी तीन भाई जसरी आफ्ना अडानहरु अघि सार्दैछन् त्यसबाट पनि उनीहरुमध्ये दुईले एकलाई सहजै र सजिलै छोड्लान भन्ने पनि देखिँदैन । त्यसैमाथि रामचन्द्रले आफू सभापति बन्ने इच्छा नै पूरा नभएकोले त्यसका लागि यसैहप्ता गरेको याचनाको मापन पनि एकातर्फबाट भइ नै रहेको पनि देखिएको छ । 

नेता केसीले क्रियाशिल सदस्यतामा देखिएको आन्तरिक विवाद, राष्ट्रिय परिस्थिति र समसामयिक राजनीको विषयमा सर्वोच्च अदालतबाट आउने फैसलापछिको परिदृश्यको सम्बन्धमा पनि शुक्रबार छलफल भएको बताए पनि सभापतिको उम्मेदबारका बारेमा भने एकमत हुन नसकेको बताए । 

यसै बैठकपछि नेतृ सुजाता कोईरालाले पनि संस्थापनइतर समूहमा सभापतिको उम्मेदवारको विषयमा कुनै विवाद नभएको बताइन् । आफूहरु एक भएर अघि बढ्ने भने उनको पनि भनाई थियो । आफूहरुको बिचमा कुनै विवाद नभएको उनको दाबी छ । उनले हामी भन्नाले कोइराला परिवारलाई भनेको अनुमान धेरैको छ । 

कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै संस्थापन र संस्थापनइतर पक्षका नेताहरुले आ–आफ्नो भेलालाई निरन्तरता दिईरहेका छन् । कांग्रेसमा आधादर्जन बढी नेताहरुले सभापतिको आकांक्षा देखाएका छन् ।

त्यसैले पनि यतिखेर सभापति देउवामाथि दबाब बढ्दो देखिएकै छ । उनी बिरुद्धको मोर्चाको खाता उनकै शुरुदेखिका सहयात्री निधिले खोलिदिएपछि देउवा इतर पक्षलाई सजिलो हुनु स्वाभाविकै हो । तर देउवा भने आफूलाई त्यस्तो असहज फिल नहुने बताउँछन् । आफू अर्काे एक पटक अर्थात् आगामी महाधिवेशनमा सभापतिमा जित्छु भन्ने ढुक्क देउवालाई छ । 

देउवा निकट एक नेता भन्छन् यदि अहिले भनिएजति अर्थात् झण्डै दर्जनको संख्याका नेताहरु नै सभापतिमा उठेभने त देउवालाई सहज हुनसक्छ तर त्यसो हुन सकेन भने अर्थात् शुक्रबारबाट शुरु भएको देउवा इतरकै एकजनामात्र नेता सभापतिका उम्मेदबार हुने हो भने त यसले उनको पल्ला नथेग्न पनि सक्छ । 

वास्तवमा यो उनको आँकलनकै पछि लागेका छन् अहिले देउवा । सभापति देउवाको अनुमान के छ भने यदि आफ्ना विरुद्धमा सबैजना एक भए भने त उनले पनि निर्वाचनको गतिलै रणनीतिको सहारा लिनुपर्ने पनि हुनसक्छ । 

त्यसैले आगामी केही दिन देउवा र उनको समूहलाई पर्ख र हेरको अवस्था हुनसक्छ । आफू लडाइँमा जानुअघि नै अर्काे पक्ष कत्तिको दलबलका साथ मैदानमा ओर्लिन्छ भन्ने कुराको निक्र्यौल अहिले नै गरेर भिड्न तम्सिने तयारीमा दुवै पक्ष छन् । 

तर यति हुदाहुदै पनि देउवामाथिको दबाब भने दिनदिनै गह्रौँ बन्दै गएको देखिएको छ । उनले पौडेल अर्थात् कोइराला पक्षका बाहेकका अरु आफ्ना प्रतिद्धन्द्धी नै देखेका थिएनन् । त्यो परिधि अब तोडिएको छ । 

आजका मितिसम्म पनि महामन्त्री पूर्णबहादुर खड्काले त देउवा नै जित्ने भएकोले नआत्तिन भनेका छन् तर प्राय कोठामै बसेर गर्ने यीनको विश्लेषण पनि यतिखेर भने नमिल्न पनि सक्छ । अनि यीनको भन्दा निम्छरो अवस्था उता पौडेलेको देखिन्छ ।