२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व सैनिक शासक मुसर्रफको पार्थिव शरीर पाकिस्तान ल्याइने



अ+ अ-

एजेन्सी । पाकिस्तानका निर्वासित पूर्व सैनिक शासक परवेज मुसर्रफको शव सोमबार स्वदेश ल्याइने भएको छ ।

सन् २०१६ मा स्वास्थ्य समस्या देखिएपछि पाकिस्तानबाट दुबई पुगी निर्वासनमा रहँदै आउनुभएका मुसर्रफको ७९ वर्षको उमेरमा दुबईमा निधन भएको थियो । पाकिस्तानी वरिष्ठ अधिकारीहरुले उहाँको शव सोमबार स्वदेश फर्काइने र अन्त्येष्टि गरिने बताएका छन् ।

मुसर्रफले सन् १९९९ मा रक्तपातरहित ’कू’ गरेर सत्ता कब्जा गर्नुभएको थियो । संयुक्त राज्य अमेरिकामा सेप्टेम्बर ११ को हमला हुँदा उहाँ पाकिस्तानको सेना प्रमुख, प्रमुख कार्यकारी र राष्ट्रपतिको रूपमा काम गरिरहनुभएको थियो ।

जनरलले दुई पटक पाकिस्तानी संविधान निलम्बन गरेको जनमत संग्रहमा धाँधली गरेको र आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको थियो । साथै उनको लगभग नौ वर्षको शासनकालमा विपक्षीहरूलाई गोलमा हालेर अधिकारको व्यापक उल्लङ्घन गरेको आरोप पनि लगाइने गरेको छ ।

ब्रुकिङ्स इन्स्टिच्युसनकी विश्लेषक मदिहा अफजलले एएफपीसँग भन्नुभयो, “अन्ततः उहाँले पाकिस्तानीहरूमा प्रत्यक्ष सैन्य शासनको गहिरो अरुचि साथ बहिर्गमन गर्नुभएको थियो ।

पाकिस्तानी सेनाले उहाँबाट सिक्दै अहिले पर्दा पछाडि धेरै शक्ति प्रयोग गरेपनि यो फेरि प्रत्यक्ष रूपमा सत्तामा रहन चाहँदैन ।

उहाँको कार्यकालमा पाकिस्तानलाई विदेशी सहायताको ठूलो प्रवाह भएको थियो र यसले अर्थव्यवस्थालाई बलियो बनाएको थियो ।

मुसर्रफ ‘एमाइलोइडोसिस’ नामक दुर्लभ रोगबाट पीडित हुनुहुन्थ्यो । गत ग्रीष्मऋतुमा उहाँको परिवारले उहाँलाई निको हुने कुनै सम्भावना नरहेको बताएको थियो ।

सेनाको सञ्चार शाखाले आइतबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा जनरल परवेज मुसर्रफको निधन भएको र वरिष्ठ सैन्य प्रमुखहरूले समवेदना व्यक्त गरेका सूचना सार्वजनिक भएको थियो ।