• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   देशमा केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु होः उपप्रधानमन्त्री लामिछाने ★   पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौँ – उपसभापति वाग्ले ★   ‘खल्तीमा राजीनामा पत्र बोकेर हिँडेका छौँ, सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो’ ★   अमेरिका २०२६ विश्वकपका लागि सिधै छनोट ★   एमसिसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो ★   न्यूजिल्यान्डको पहिलो जित  ★   काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने ★   मेलम्ची बाढीलाई फर्केर हेर्दा र विज्ञको बुझाई ★   दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु ★   दक्षिण अफ्रिकासँग १ रनले हार्यो नेपाल

टर्कीमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५०० नाघ्यो



एजेन्सी । टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी ज्‍यान गुमाउनेको संख्या ५०० नाघेको छ ।

दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भू–भागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५२१ पुगेको अन्तरार्ष्ट्रिय सञ्चारमाध्यममा समाचार छ ।

टर्कीका उपराष्ट्रपति फुआत ओक्टेले टर्कीमा मात्रै २८४ जनाले ज्यान गुमाएको बताएका छन् । यस्तै, सिरियामा २३० जनाभन्दा बढीको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सिरियाली स्वास्थ्य मन्त्रालयले भूकम्पबाट अलेप्पो,लटाकाइ,हामा र टर्टस प्रान्तमा मानिसको मृत्यु भएको जनाएको छ ।

भूकम्पबाट १० वटा सहरमा ठूलो क्षति पुगेको बताइएको छ । टर्कीमा २३२३ जना र सिरियामा ६३९ जना घाइते भएका छन् ।

यसअघि सन् १९९९ मा देशको उत्तर पश्चिममा गएको शक्तिशाली भूकम्पमा परेर १७ हजार मानिसले ज्यान गुमाएका थिए ।