• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

यसैगरी आइतबारको बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आगामी २०८० साल फागुनभित्रमा राष्ट्रिय महाधिवेशन गर्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको छ, सोहीअनुसार अगाडि बढ्छौँ ।”