२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीबाहिरको माछाजस्तै कांग्रेस छटपटाइरहेको छ– एमाले अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले नेपाली कांग्रेसबाट प्रदर्शित कदम र व्यवहार लोकतन्त्रमा बुझिनसक्नुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अनुसार नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छटपटाएको देखिन्छ ।” उहाँका अनुसार कांग्रेसले आफूलाई अहिले पनि प्रतिपक्ष भनी स्वीकार्न नसकेको टिप्पणी गर्नुभयो । सत्ता बाहिर बसेर कांग्रेसले आफ्नो अस्तित्व आफैँ विश्वास गर्न नसक्ने अवस्थामा पुगेको उहाँको भनाइ थियो ।

सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै रहेको भन्दै उहाँले बूढो बाघले सुनको बाला देखाएर शिकार गरेजस्तो व्यवहार प्रदर्शन गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारमा रहेका दलहरुले आफ्नो र देशको बारेमा बुझेका छन्, सुनको बाला टिप्न जानेवाला छैनन् ।”