२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीबाहिरको माछाजस्तै कांग्रेस छटपटाइरहेको छ– एमाले अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले नेपाली कांग्रेसबाट प्रदर्शित कदम र व्यवहार लोकतन्त्रमा बुझिनसक्नुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अनुसार नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छटपटाएको देखिन्छ ।” उहाँका अनुसार कांग्रेसले आफूलाई अहिले पनि प्रतिपक्ष भनी स्वीकार्न नसकेको टिप्पणी गर्नुभयो । सत्ता बाहिर बसेर कांग्रेसले आफ्नो अस्तित्व आफैँ विश्वास गर्न नसक्ने अवस्थामा पुगेको उहाँको भनाइ थियो ।

सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै रहेको भन्दै उहाँले बूढो बाघले सुनको बाला देखाएर शिकार गरेजस्तो व्यवहार प्रदर्शन गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारमा रहेका दलहरुले आफ्नो र देशको बारेमा बुझेका छन्, सुनको बाला टिप्न जानेवाला छैनन् ।”