१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका सांसद्हरु प्रतिनिधिसभा बैठकमा अनुपस्थित



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु आइतबारको प्रतिनिधिसभाको बैठकमा अनुपस्थित छन् । उनीहरुले अघोषितरुपमा बैठक बहिष्कार गरेका हुन् ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सुरु भएको हो । शनिबार राति अबेर बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा आइतबारको प्रतिनिधिसभाको बैठक बहिष्कार गर्ने अनौपचारिक सहमति भएको थियो ।

पार्टीले प्रतिनिधिसभाको बैठकको समयसँग जुध्ने गरी पुनः संयुक्त बैठक बोलाएको छ । प्रतिनिधिसभामा रास्वपाका १९ सांसद छन् । संयुक्त बैठक सकिएपछि पार्टी अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।