
एजेन्सी । कोपा अमेरिका २०२१ को उपाधी अर्जेन्टिनाले जितेको छ । ब्राजिल र अर्जेन्टिनाबिच भएको आजको अन्तिम खेलमा अर्जेन्टिनाले १-० गोल अन्तरले ब्राजिललाई हराउँदै उपाधी जितेको हो ।
खेलको २२ औं मिनेटमै एंगेल डी मारियाले गोल गर्दै १-० गोलको अग्रता दिलाएका थिए । सो एक गोल नै अर्जेन्टिनाका लागि उपाधी जित्ने गोल बन्यो ।
यो उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक उपाधि जित्ने (१५ पटक) उरुग्वेसँग बराबरी गरेको छ ।
जितपछिका केही रोमाञ्चक तस्बिरहरु हेर्नुहोस्
(फोटोफिचर)