• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना ★   शून्य समय: संसद् अवरुद्धले नागरिकका गुनासा सम्बोधन हुन पाएनन  ★   सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार ★   स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो: अर्थमन्त्री पुन ★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस

एसिया कप: पाकिस्तानमा आयोजना भए भारतले नखेल्ने



काठमाडौं । भारतले एसीसी एसिया कप क्रिकेट–२०२३ पाकिस्तानमा आयोजना भएमा सहभागिता नजनाउने बताएको छ । यसअघि नै आईसीसीले भने एसिया कप– २०२३ को आयोजनाको जिम्मा  पाकिस्तानलाई दिईसकेको छ ।

एसीसीका अध्यक्ष समेत रहेका बीसीसीआईका सचिव जय शाहले भारतीय टोलीले पाकिस्तान भ्रमण गर्न नसक्ने स्पष्ट पारेका छन् । शाहले एसिया कप २०२३ पाकिस्तानमा नभई तटस्थ स्थानमा आयोजना हुनुपर्ने बताउदै आएका छन् ।

यता, भारतले आफ्नो भूमिमा एसिया कप नखेलेमा पाकिस्तानले पनि भारतमा हुने विश्वकप बहिस्कार गर्ने बताउदै आएको छ । पाकिस्तान क्रिकेट बोर्डका प्रमुख नजम सेठीले यदि भारतले पाकिस्तानमा खेल्दैन भने पाकिस्तानले २०२३ को विश्वकपमा भारतमा नखेल्ने बताएका छन् ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को शनिबार बसेको बैठकले एसिया कपको अन्तिम निर्णय मार्चमा हुने आईसीसीको बैठकबाट टुंगो निर्णय गरेको छ ।