३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप: पाकिस्तानमा आयोजना भए भारतले नखेल्ने



अ+ अ-

काठमाडौं । भारतले एसीसी एसिया कप क्रिकेट–२०२३ पाकिस्तानमा आयोजना भएमा सहभागिता नजनाउने बताएको छ । यसअघि नै आईसीसीले भने एसिया कप– २०२३ को आयोजनाको जिम्मा  पाकिस्तानलाई दिईसकेको छ ।

एसीसीका अध्यक्ष समेत रहेका बीसीसीआईका सचिव जय शाहले भारतीय टोलीले पाकिस्तान भ्रमण गर्न नसक्ने स्पष्ट पारेका छन् । शाहले एसिया कप २०२३ पाकिस्तानमा नभई तटस्थ स्थानमा आयोजना हुनुपर्ने बताउदै आएका छन् ।

यता, भारतले आफ्नो भूमिमा एसिया कप नखेलेमा पाकिस्तानले पनि भारतमा हुने विश्वकप बहिस्कार गर्ने बताउदै आएको छ । पाकिस्तान क्रिकेट बोर्डका प्रमुख नजम सेठीले यदि भारतले पाकिस्तानमा खेल्दैन भने पाकिस्तानले २०२३ को विश्वकपमा भारतमा नखेल्ने बताएका छन् ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को शनिबार बसेको बैठकले एसिया कपको अन्तिम निर्णय मार्चमा हुने आईसीसीको बैठकबाट टुंगो निर्णय गरेको छ ।