५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलरको भाउ घट्यो, कतिमा हुदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आजको विनिमय दरमा अमेरिकी डलर ५५ पैसाले घटेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा रहेको छ । शुक्रवार एक डलरको खरिद १३१ रुपैयाँ १८ पैसा र बिक्री १३१ रुपैयाँ ७८ पैसामा भएको थियो।

यस्तै, अमेरिकी डलर घटेसँगै युरोपियन युरो पनि आज एक रुपैयाँ २९ पैसाले घटेको छ । जसअनुसार युरो एकको खरिददर १४२ रुपैयाँ ८० पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६ पैसा रहेको छ । यसअघि शुक्रवार यसको खरिददर १४४ रुपैयाँ ९ पैसा र बिक्री १४४ रुपैयाँ ७५ पैसामा तोकिएको थियो ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७७ पैसा रहेको छ । यस्तै, अष्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ २४ पैसा र बिक्री दर ९२ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३५ रुपैयाँ ८० पैसा र बिक्री ३५ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, साउदी अरेवियन रियालको खरिद दर खरिददर ३४ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ ६८ पैसा र बिक्री ३० रुपैयाँ ८२ पैसा कायम रहेको छ ।

 




भर्खरै