• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

नेकपा एसको केन्द्रीय कमिटीको बैठक सुरु



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । शनिवारबाट ललितपुरको बालकुमारीमा शुरु भएको उक्त बैठक आज पनि जारी रहेको छ ।

शनिवारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव वेदुराम भुषालले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । पार्टी अध्यक्ष नेपालले प्रस्तुत गरेका उक्त प्रतिवेदनमा १० समूह बनाई छलफल सुरु गरिएको थियो । उक्त समूहका टोलीका नेताहरूमा अशेष घिमिरे, कृष्णकुमारी विश्वकर्मा, जीवनराम श्रेष्ठ, नरेश शाही, मोहन गौतम, राजेन्द्र लोहनी, विजय गुरुङ, सोमप्रसाद पाण्डेय, हस्त शाही तथा पूर्णा जोशी रहेका छन् ।

आज पनि सोही प्रतिवेदनमा छलफल भइरहेको छ । केन्द्रीय नेताबाट प्रतिवेदनलाई गहनरूपमा अध्ययन तथा छलफल पश्चात् प्राप्त सुझावका आधारमा सो प्रतिवेदनको आवश्यक परिमार्जन गरिने बताइएको छ ।

बैठक आज सक्ने तयारी रहेको बताइएको छ ।