२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक किलोको मूल्य डेढ लाख पर्ने तरकारी, किन भयो विश्वकै महँगो ?



अ+ अ-

एजेन्सी । यो दुनियामा एउटा यस्तो तरकारी छ, जसको मूल्य एक किलोकै झण्डै डेढ लाख रुपैयाँ पर्दछ । सोही कारण यो तरकारी विश्वकै सबैभन्दा महँगो तरकारी बनेको छ । यो तरकारीको नाम ‘हप शुट्स’ हो । हप शुट्स औषधीय गुणले भरिपूर्ण हुन्छ भनिन्छ । सोही कारण त्यसको प्रयोग जडीबुटीको रुपमा पनि हुने गर्दछ ।

उक्त तरकारीको बोटमा लाग्ने फूललाई ‘हप कोन्स’ भनिन्छ । सोही फूललाई बियर बनाउन प्रयोग गरिन्छ ।बोटको बाँकी भागलाई तरकारी वा सलादको रुपमा खाइन्छ । यो तरकारी यति धेरै महँगो हुनाका कारण कुनै तरकारी बजार वा सुपरमार्केटमा सायदै पाइएला ।

मानिसहरु यसलाई काँचै पनि चपाउने गर्दछन् । यसको औषधीय गुणको पहिचान शदियौँ अघि नै भएको हो । इस्वी सम्वत् ८०० को आसपास मानिसहरुले यसलाई बियरमा मिलाएर पिउँदथे । त्यो सिलसिला अहिलेसम्म पनि चलिरहेको छ ।