४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

विभेद अनिवार्य रहेको कस्तो सामाजिक न्याय ?

विभेद अनिवार्य रहेको कस्तो सामाजिक न्याय ?
अ+ अ-

काठमाडौं । धर्म, जात, छुवाछुतको विभेदलाई समाजबाट हटाउन पर्छ। सामाजिक न्याय तब संभव छ जब एक मानिसले अर्को मानिसलाई मानिस कै रुपमा हेर्छ। जब विविधतामा एकता कायम हुन्छ। जब “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” लाई आत्मसात गर्छौं। फरकलाई फरक हो भनेर बुझ्ने, फरकलाई फरक नै मानेर अपनाउने, सम्मान गर्ने, सौह्रद व्यवहार देखाउने भएमात्र न्याय हुन्छ। एकले अर्कोलाई दोष दिइराख्ने, शब्दमा समता कायम गर्नुपर्छ भन्ने, हिजो अरु कसैले गरेको गल्तीलाई गलत भन्ने तर आज अभ्यासमा आफू स्वयं त्यही गल्ती गर्दै जाने गतिविधिले प्रस्रय पाउँदै जाँदा के हो न्याय? र कसलाई न्याय? 

म जातले बाहुन भएता पनि आफूले जानेसम्म कसैलाई नराम्रो नगर्ने, समताको पक्षधर हुँ। तर राजनीतिमा बाहुनवाद हाबी भयो भन्ने जताततै सुन्दा, पढ्दा; नराम्रो लाग्छ, दुःख पनि लाग्छ। जतिपनि नराम्रा गतिविधिलाई वाहुनले गर्दा भन्ने आरोपको पनि कमि छैन। तर यहाँ कति यस्ता वाहुनहरु छन्।  जसले वाहुन भएकै कारण अनगिनत सुविधा र अवसरबाट वंचित छन्। त्यसैले यो जात, वर्गभन्दा पनि सोच, शक्ति–संबन्ध र पहुँचको खेल हो।

हिजो इतिहहासमा ब्राम्हण एक पद थियो । जुन जो कोहीले पनि दिक्षान्त हासिल गरेपछि पाइन्थ्यो। उदाहरणका लागि व्यास, महर्षि पराशर र मत्स्यगन्धा पुत्र हुँदाहुँदै पनि वेदहरुको संकलन र महाभारतका रचयिता भएकोले नै ब्राम्हण कहलिए।  वर्तमानमा म जस्ता कयौं वाहुन छन्; जो वाहुन हुनुमा गर्व गर्नुपर्ने केही योगदान समाजलाई दिन सकेका छैनन्। त्यसैले मेरो लागि वाहुन हुनु मेरो पुर्वजले दिएको एक पहिचान मात्र हो। त्यसैले पनि मलाई लाग्छ लिङ्ग, थर, जात भनेको मानिसको आ–आफ्नो अस्तित्वको पहिचान मात्र हो। यसले  को ठुलो को सानो भन्ने बुझाउँदैन । तर सोचमा नै जब यो हाबी हुन थाल्दछ अनिमात्र बिकार, द्वन्द, विभेद जस्ता कुराहरु उब्जिन थाल्दछ।

समाजलाई मानवीयकरण गर्न मानिस–मानिसबीचको विभेद हटाउनुपर्छ। समतामुखी समानता चाहिन्छ। शिक्षाका विद्वत ब्राजिलियन प्रणेता पाउलो फ्रेरेले पनि आफ्नो किताब, “उत्पीडितको शिक्षाशास्त्र” मा यही कुरालाई जोड दिएका छन्। अमानवीय व्यवहारलाई मानवीय बनाउने, पीडितलाई “मौनताको संस्कृति” बाट मुक्त गराउने जस्ता सामाजिक न्यायका महत्वपूर्ण तथ्यहरु उल्लेख गरेका छन्। १९६८ मा प्रथम पटक प्रकाशित फ्रेरेको किताबको आज २१औं शताब्दीमा पनि त्यतिकै सान्दर्भिक र अहम् मान्न सकिन्छ। फ्रेरेबाट सिक्नुपर्ने अर्को महत्वपूर्ण ज्ञान, पीडितको स्वतन्त्रता भनेको पीडकको पनि मुक्ति हो। अर्थात् मानिसले मानिसलाई घृणा गर्ने होइन उसको गलत व्यवहारलाई सुधार्ने हो र स्वयं पनि त्यस्तो गल्ती नगर्ने हो। 

आजको कयन् गतिविधि हेर्दा पीडितको मुक्ति, न्याय समताको पैरवी गर्ने क्रममा हिजोका कथित एवं आज निर्दोष तर त्यही कथित वर्गमा पर्ने समूहलाई पनि त्यही घृणाको आँखाले हेर्ने, सामाजिक संजालमा जथाभावी लेख्ने, संबोधन गर्दा अपशब्द प्रयोग गर्ने प्रचलन विकराल बन्दै गएको छ। हिजोका पीडितलाई उनीहरुको थर,जातले संबोधन गर्दा विभेद भएको मान्ने बुद्धिजिवीहरु  पनि हिजोको कथित पीडकलाई मात्र नभइ त्यस समूह, वर्गमा पर्ने सबैलाई संबोधन हुनेगरी जथाभावी भन्न हिच्किचाउँदैनन्। अनि के त्यो विभेद हैन? त्यो चाँही गलत हैन? कि एक वर्गलाई उत्पीडनबाट बाहिर निकाल्न अर्को वर्ग उत्पीडित, प्रताडित हुनु पर्ने नै हो? यदि त्यस्तो हो भने समतामूलक न्याय भनेको के हो? कहिलेकाहीं त यस्तो लाग्छ सामाजिक न्यायबारे मैले बुझेको परिभाषा नै गलत हो।

जबसम्म हरेकको घरमा छोरा र छोरीबीच भेदभाव हट्दैन, जबसम्म घरका सदस्यहरु चाइना कपमा र कामगर्न बसेकोलाई स्टीलको गिलासमा चिया दिइन्छ, जबसम्म आफूहरु डाइनिंग टेबलमा र घरधन्दा सघाउन आएको मजदुरलाई कुनै कुनामा बसाएर खाना खुवाइन्छ, जबसम्म आफू सुत्ने ओछ्यानमा आफ्ना छोराछोरी चल्न हुने तर काम गर्न बसेको मान्छेको बच्चा चढ्यो भने गाली गर्ने, मालीदेखि फोहोर उठाउन आउने व्यक्तिसम्म सबैलाई “अथिति देवो भवः” भनेर घरभित्र स्वागत गरेर चिया, नास्ता गराइदैन विभेद छ। हुनसक्छ यी उदाहरणलाई हामी विभेद मान्दैनौं। किनकि धेरैजसोको घरमा यो दैनिकी हो र हामीलाई बानी परिसकेको छ। त्यसैले सामान्य लिन्छौ। तर गहिरिएर सोच्नुस् त के हामी यस्ता विभेद गरिरहेका छैनौं? के यो विभेद होइन?

त्यसैले सोच बदलौं। विभेदको अन्त्य आफैं र आफ्नै घरबाट सुरु गरौं। अनिमात्र हामीले चाहेको जस्तो समतामूलक समानता संभव छ। नत्र त हिजो कथित वर्गले गरेको गल्ती आज अरु जात, वर्ग, समूदायमा सरुवा रोग जस्तै सर्दै जाने जसको निदान र समाधान नै नहुने देखिन्छ। अहिले कोरोनाले निम्त्याएको अन्योल र अन्त्यको कुनै छेउटुप्पो नदेखिएको जुन अवस्था छ विभेदको डँढेलो पनि यसरी नै सल्किदै जानेछ। फेरि पनि सोचौं अन्तर छ। अन्तर किन छ? विभेद छ। विभेद किन छ? के अहिलेको बुझाइ र अभ्यासले विभेद हट्ला? या अझ भट्केला? बौद्दिक वर्गले कसरी सचेत भएर यसलाई व्याख्या गर्नु पर्ला? कि एउटा वर्गलाई सामाजिक न्याय दिन अर्को वर्गमाथि अन्याय गरि नै रहने?