९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

लगानीको सहज वातावरण बनाउन सरकारले कानून ल्याएको छः सभापति देउवा

हमासको बन्दीमा रहेका विपिन जोशीलाई छुटाउन इजरायली राजदुतसँग आग्रह

लगानीको सहज वातावरण बनाउन सरकारले कानून ल्याएको छः सभापति देउवा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्दा मुलुकको राष्ट्रिय आय अपेक्षित रुपमा वृद्धि हुन नसकेको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको अर्थतन्त्र उत्पादन भन्दा पनि व्यापारमुखी बन्दै गएको बताउनु भयो ।

सभापति देउवाले गाउँ—गाउँमा स्थानीय उद्यमशिलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता भएको बतउनु भयो । गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा साना लगानीले पनि रोजगारी प्राप्त गर्ने बताउनु भयो । पछिल्लो समय स्टार्टअप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको बताउनु भयो । उहाँले युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरिरहेको बताउनु भयो । थोरै लगानीले स्टार्टअप व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा धेरै रोजगारी सिर्जना गर्न सकिने बताउनु भयो । नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिष्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्युन गर्दै लैजाने उद्देश्यले नेपाली काँग्रेसले साना र मझौला उद्यम व्यवसाय प्रवद्र्धन गर्ने नीति लिएको बताउनु भयो । उहाँले सरकारले उद्यमी व्यापारी, व्यवसायीहरुले भोग्नुपरेको कानूनी तथा प्रक्रियागत समस्याहरु अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न कानून ल्याएको बताउनु भयो । मुलुकको समृद्धिका लागि सूचना प्रविधि प्रवद्र्धन, राजनीतिक स्थिरता र प्राकृतिक श्रोत, मानव संशाधन, पुँजीको वृद्धिको संवैधानिक समन्वयात्मक विकास जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रो मुलुकको राष्ट्रिय आय अपेक्षित रुपमा वृद्धि हुन नसक्नुको कारण स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कोतिर विश्वबजारसँग हाम्रो निजी क्षेत्रले प्रतिष्पर्धा गर्न असहज गरिरहेको भन्ने देखिन्छ । त्यसैले हाम्रो अर्थतन्त्र उत्पादन भन्दा पनि व्यापारमुखी बन्दै गएको छ । यही अवस्थालाई मध्यनजर गरी नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिष्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्युन गर्दै लैजाने उद्देश्यले हामीले साना र मझौला उद्यम व्यवसाय प्रवद्र्धन गर्ने नीति लिएका हौँ । नेपालमा युवा उद्यमी आकर्षण गर्न, उद्यमीहरुको व्यवसाय प्रवद्र्धन गर्न, साना तथा मझौला उद्यमी, व्यापारी व्यवसायीहरुको समस्या बुझी पार्टीलाई सुझाव दिन उद्यमशिलता, साना र मझौला व्यवसायी विकास विभाग गठन गरेका हौँ । उद्यमी व्यापारी, व्यवसायीहरुले भोग्नुपरेको कानूनी तथा प्रक्रियागत समस्याहरु अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानून ल्याएको छ । त्यस कानूनले यस क्षेत्रको सुधार अवश्य पनि गर्नेछ । मुलुकको समृद्धिका लागि राज्यको ध्यान पुग्नुपर्ने अर्को विषय सूचना प्रविधि पनि हो । यि सबै काम गर्न राजनीतिक स्थिरतासँगै प्राकृतिक श्रोत, मानव संशाधन, पुँजीको वृद्धिको संवैधानिक समन्वयात्मक विकास हुनुपर्छ ।’

सभापति देउवाले हमासको बन्दीमा रहेका विपिन जोशीलाई छुटाउन इजरायली राजदुतसँग आग्रह गर्नुभयो । —न्युज एजेन्सी नेपाल