१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा उडिरहेको विमान र हेलिकोप्टर आपसमा ठोक्किए



अ+ अ-

वासिङ्टन । वाशिङटन डिसीमा अमेरिकी एयरलाइन्सको विमान र एउटा हेलिकोप्टर एक आपसमा ठोकिएको छ ।

स्थानीय समय अनुसार राति ९ बजे रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथि विमान र हेलिकोप्टर ठोकिएको ‘फेडरल एभिएशन एडमिनिस्ट्रेसन’ले जनाएको छ ।

विमानस्थलको रनवे ३३ तिर जाँदै गरेको विमान अमेरिकी सेनाको एच–६० हेलिकोप्टरसँग ठोक्किएको जनाइएको छ । आपतकालीन उद्धार टोली, एम्बुलेन्स र दमकल विमानस्थलमा पुगिसकेको छ ।

दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।