१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा उडिरहेको विमान र हेलिकोप्टर आपसमा ठोक्किए



अ+ अ-

वासिङ्टन । वाशिङटन डिसीमा अमेरिकी एयरलाइन्सको विमान र एउटा हेलिकोप्टर एक आपसमा ठोकिएको छ ।

स्थानीय समय अनुसार राति ९ बजे रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथि विमान र हेलिकोप्टर ठोकिएको ‘फेडरल एभिएशन एडमिनिस्ट्रेसन’ले जनाएको छ ।

विमानस्थलको रनवे ३३ तिर जाँदै गरेको विमान अमेरिकी सेनाको एच–६० हेलिकोप्टरसँग ठोक्किएको जनाइएको छ । आपतकालीन उद्धार टोली, एम्बुलेन्स र दमकल विमानस्थलमा पुगिसकेको छ ।

दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।