२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पको दोस्रो आगमनसँगैं अमेरिका–चीन सम्बन्धमा बढ्दो चिन्ता



अ+ अ-

फर्स्ट नीतिको वकालतकर्ता डोनाल्ड ट्रम्पलाई अमेरिकी जनताले ह्वाइट हाउस सम्हाल्न पठाएसँगैं ट्रम्पको लोकप्रियतावादी नयाँ दक्षिणपन्थ रुझानले विश्व अर्थराजनीति एवं कूटनीतिक वृत्तमा पार्ने प्रभावलाई लिएर सशंय गर्न थालिएको छ। निर्वाचित भए पनि अमेरिकी राजनीतिक पद्धति अनुसार ट्रम्पले राष्ट्रपतिको औपचारिक पदभार ग्रहण गर्न त अझै केही दिन वाकिँ नै छ तथापी उनको पहिलो कार्यकालको विवादास्पद इतिहासले पनि अमेरिकाले अनुकुल नठानेका मुलुकहरु मात्र होइन मैत्रीपूर्ण सम्बन्ध भएका मुलुकहरुमा समेत चिन्ता र चासोका साथ अवको अमेरिकी गतिविधि एवं रोडम्यापलाई हेरिएको छ। झनै दोस्रो आर्थिक शक्ति चीनसँगको ट्रम्पको पहिलो कार्यकालको तिक्ततापूर्ण अनुभवले पनि दोस्रो कार्यकालमा सम्बन्धमा सकरात्मक वातावरण सिर्जना हुन नसके यसले विश्व सहकार्य, शान्ति र समृद्धिका लागि पार्न सक्ने असरवारे अन्र्तराष्ट्रिय राजनीतिका जानकारहरुले चेतावनीका साथ ध्यानाकर्षण गराईरहेका छन्।

ट्रम्पको पहिलो कार्यकाल (२०१७–२०२१) अमेरिकी आन्तरिक राजनीति एवं नीति निर्माणको हिसावले पनि उथलपुथलकारी थियो। अमेरिकाले बढ्ता आन्तरिक मुद्याहरुको सम्वोधनमा ध्यान दिनु पर्ने ट्रम्पको अडान र अमेरिका विश्व मञ्चकै नेताको रुपमा निरन्तर लाग्नु पर्ने भन्ने अमेरिकाकै अर्को धार बीचको सर्घष कम पेचिलो थिएन् उनको पहिलो कार्यकालमा। हेरिटेज फाउन्डेसनको प्रोजेक्ट २०२५ रिर्पोटले ट्रम्प जति विश्वका मामिलामा अनेदेखा गर्नेछन् त्यति नै अमेरिकाको सान्दर्भिकता र उपस्थिति कमजोर बन्दै जाने चेतावनी दिएको छ। चीनसँग ट्रम्प प्रशासनले शुरु गरेको व्यापार युद्ध विस्तारै अमेरिकाकै मैत्री मुलुकहरुसँग सोझिदा अमेरिकी प्रशासन प्रतिको संशय सर्वत्र बढेको थियो। अमेरिकी दक्षिणपन्थीहरु चीन सन् २००१ मा विश्व व्यापार सँगठनको सदस्य भएयता विश्वप्यापी चिनिया आर्थिक प्रभाव बढेको निष्र्कष निकाल्दै यसमा अमेरिकी प्रशासनको नरम नीति कारक रहेको दोषारोपण गर्दै आएका छन्। जवकी विश्वका अधिकांस विख्यात अर्थशास्त्रीहरु यो भनाइको पछाडी कुनै तार्किक अर्थ नरहेको बताउँछन्।

ट्रम्पको पहिलो कार्यकालमा ताइवानको सुरक्षा शक्ति बढाउने गरि भएका निर्णयहरुले चीनलाई झस्काएको थियो। ट्रम्प राष्ट्रपति भए लगत्तै तत्कालिन ताइवानी राष्ट्रपति साइ इङ वेनले फोनवाट ट्रम्पलाई बधाई दिनुलाई चीनले अस्वभाविक मात्र ठानेन एक चीन नीति तथा सन् १९७९को ताइवान रिलेसन एक्टको विरुद्धको रुपमा लियो। ट्रम्पको पहिलो कार्यकाल भर ताइवानलाई करिव १९ अर्बको आधुनिक हतियारहरु विक्रिको सम्झौता हुनुले चीनको निद हराम गरेको थियो। वाह्रय मामिलामा कम उपस्थिति हुने ट्रम्पको शैलीलाई चीन भित्रै कतिपयले सकरात्मक मानेता पनि ताइवानको विषयमा ट्रम्प प्रशासनको रवैयाको कडा प्रतिवाद चिनिया अधिकारीहरुले गर्दै रहे।

ट्रम्पको दोस्रो कार्यकालका लागि विदेश मन्त्री प्रस्तावित भएका सिनेटर मार्को रुबियो चीन प्रति कडा रवैया अपनाउने अमेरिकी राजनीतिज्ञ मध्ये पर्दछन्। उनले पटक पटक चीनको मानव अधिकार उल्लङ्घनको विषय लगाएत तिब्बेत, सिनचियाङ, हङकङ लगाएतसँग सम्बन्धित विषयहरु उठान गरी चीनलाई गहिरोसँग चिढ्याउने काम गर्दै आएका छन्। चीनसँग अमेरिकाको आर्थिक सम्बन्धमा कडाई गरिनु पर्ने आवाज उठाउदै आएका रुबियो लगाएतका अमेरिकी अधिकारीहरुलाई चीनले आन्तरिक मामिलामा दखल गरेको आरोप लगाउदै प्रतिबन्ध लगाएको थियो। यस्तै गरी, ट्रम्पको दोस्रो कार्यकालका लागि राष्ट्रिय सुरक्षा सल्लाहकारको रुपमा प्रस्तावित माइक वाल्ज पनि चीन प्रति अत्यन्त कडा रवैया अपनाउनु पर्छ भन्ने मतका अधिकारी मानिन्छन्। उनको विभिन्न ओहोदामा रहदाका व्यावहारहरुले पनि वाल्ज अमेरिकाले चीनप्रतिको सम्बन्धमा विभिन्न आयामहरुमा कडारुपमा प्रस्तुत हुनु पर्ने धारणा राख्ने अधिकारीमा चिनिन्छन्।

ट्रम्पको पहिलो कार्यकाल पछि ह्वाईट हाउसमा पुगेका जो वाइडेनले पनि चीनसँगको ट्रम्प नीतिलाई एक किसिमले निरन्तरता दिनुले चीन सम्बन्धमा अमेरिकी अडान कडारुपमा प्रस्तुत हुन लागेको विश्व समुदायले स्पष्ट महसुस गर्यो। विश्लेषक इयान ब्रेमरको टिप्पणी छ कि आफ्नो केही अप्ठ्यारो अवस्थाको वावजुत पनि चिनिया नेताहरुले ट्रम्पको पहिलो कार्यकाल यताको व्यावहारको कारण चीनका तर्फबाट पनि विना हिचकिचावट कडा रुख अख्तियार गर्ने सम्भावना प्रवल छ। अमेरिकी प्रविधिमा चिनिया पहुँचको लागि मात्र होइन चिनिया नयाँ प्रविधिहरुको अमेरिकी बजारमा पहुँचका लागि अमेरिकी प्रशासनले केही बर्ष यता देखाइरहेको कडा रवैयाका कारण पनि चीन आक्रोसित छ र अमेरिकी ब्यावहार विश्व व्यापार सङ्गठनको मूल्य–मान्यता र सिद्धान्तको विरुद्ध भएको भन्दै विरोध गर्दै आएको छ।

ब्रेमरले तर्क गरे जस्तो खासमा अमेरिका र चीन दुबैका लागि घरेलु मुद्याहरु नै पेचिला छन् सम्बोधनका लागि। कोभिड यता चीनको अर्थतन्त्रले अपेक्षित लय समाउन सकेको छैन्। चिनिया नेतृत्वले विभिन्न समयका बैठकहरुका महत्वपूर्ण निर्णयहरु मार्फत अर्थतन्त्रलाई उत्कट चलायमान बनाउन कोसिस गरिरहेको छ र वाहिर हल्ला भएको जस्तो अप्ठ्यारो अवस्था नभएको चिनिया अर्थशास्त्रीहरुले दावी गर्दै आएका छन्। यस्तै गरी, विश्वको पहिलो आर्थिक एवं सामरिक शक्ति भइकन पनि अमेरिका राजनीतिकरुपमा एकदमै विभाजित, सामाजिकरुपमा चरम अराजकता, चरम सास्कृतिक विचलन र आन्तरिक सुरक्षामा एकदमै दर्दनाक अवस्था रहदै आएको छ। यी समस्याहरुले गर्दा अमेरिकाको प्रतिष्ठा विश्व समुदाय माझ अत्यन्त धुमिल हुदै गएको छ। विश्वका कतिपय अधिनायकवादी देशहरुका नेतृत्वहरुले समेत अमेरिकी व्यवस्था र अवस्थाको खिल्ली उडाउदै व्यङ्ग गर्दै आएका छन्।

चिनिया प्राध्यापक यान स्वेतोङ्ग ट्रम्पको दोस्रो कार्यकालबाट चीन नतर्सिएको बताउदैं अमेरिका होस् वा चीन जसले आन्तरिक मामिलालाई बलियो बनाउन सक्छ त्यहि नै शक्तिमान बन्ने तर्क गर्दछन्। आफ्नो हालसालैको फरेन अफेयरको लेखमा प्राध्यापक यानले ट्रम्पको एकमनावादी नीतिले चीनलाई फाइदा नै पुग्ने र विश्व माझ आफ्नो सहकार्य र सकरात्मक प्रभाव पार्ने बलियो अवसर मिल्ने दावी गरेका छन्। खासमा हाल अमेरिका र चीन बीच विचारधारको लडाई भन्दा पनि आर्थिक, सामारिक र प्रविधीको क्षेत्रमा कुन शक्तिशाली बन्ने भन्ने होडवाजी शुरु भएको छ। अझ भन्ने हो भने नयाँ प्रविधिको क्षेत्रमा कसले वाजि मार्ने भन्ने चरम प्रतिस्पर्धा अमेरिका र चीन बीच आरम्भ भएको छ। विज्ञहरुका दृष्टिकोणमा पनि यस २१ औं शताव्दीमा जुन शक्तिले विश्व प्रविधीमा अग्रणी हासिल गर्नेछ त्यहि शक्ति नै स्थापित शक्ति बन्नेछ।

राष्ट्रपति वाइडेनका राष्ट्रिय सुरक्षा परिषदको विज्ञका रुपमा काम गरिसकेका प्राध्यापक रस डोसीका भनाईमा ट्रम्पको व्यक्तिगत स्वार्थ र अराजक स्वभावले अमेरिकी स्वार्थमा चुनौती थपिन सक्छ। वाइडेनले सुविचारितरुपमा चीनलाई रोक्ने प्रयास गरेको दावी गर्दै डोसीले अमेरिकामा ट्रम्पको पुनरागमनले चिनिया जनतामा उत्साह थपिएको छ किन भने ट्रम्पले अमेरिकालाई होईन चीनलाई बलियो बनाउने विचार उनीहरु राख्छन्।

विश्व समुदाय अमेरिका र चीनबिच सन्तुलित सम्बन्ध कायम होस् र आफुहरु कुनै पनि कित्तामा विभावित हुनु पर्ने स्थिति सिर्जना नहोस् भन्ने चाहन्छ। शीत युद्ध ताकाको तीक्त अनुभवले पनि हाल ग्लोबल साउथ भनिने मुलुकहरु मुख्य गरी शक्ति राष्ट्रहरुबीचको अस्वस्थ होडवाजी र तनावको अवस्था नबनोस् भन्ने चाहन्छ। नयाँ प्रविधीहरुको क्षेत्रमा भएको व्यापक विकास र प्रसारले गर्दा विश्व समुदाय आज एक अर्कामा धेरै नै गठजोड एवं जोडिएको छ। नयाँ क्षेत्रहरुका सहकार्य विकास भएका छन्। असहमतिहरुका बीच पनि सहमतिका क्षेत्रहरु पहिचान गरी सघन सहकार्यहरु अगाडी बढेका छन्। साच्चै भन्ने हो भने कतिपय विश्लेषकहरुले भने जस्तो केही जटिलताहरुका माझ यो समय विश्व इतिहासकै शान्तिपूर्ण समय हो।

निष्कर्षमा, यो अमेरिका र चीन दुबैले विश्व शक्ति सन्तुलन कायम राख्दै विश्व शान्ति र सहकार्यका लागि योगदान गर्नु पर्ने समय हो। मुख्यगरी ट्रम्प प्रशासनले विश्व समुदायको सुझाव र चाहनालाई मध्येनजर गर्दै चीन लगाएतका शक्ति मुलुकहरुलाई चिढउने काम गर्नु हुदैन। खासमा भन्ने हो भने अवको विश्व शान्ति र सहकार्यको अवस्था चीनको भन्दा पनि ट्रम्प प्रशासनकै नीति र व्यावहारमा भर पर्नेछ।

(लेखक शर्माअन्तर्राष्ट्रिय राजनीति तथा सञ्चार मामिलाका अध्येता हुन्।)

 




भर्खरै