२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् बैठकमा प्रस्तुत गर्ने साझा धारणा बनाउन विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी



अ+ अ-

काठमाडौं । संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत गर्ने साझा धारणा बनाउन विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी छ ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा जारी बैठकमा विपक्षी दलहरु रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपालगायतका विपक्षी दलका प्रतिनिधि छन् ।

बैठकमा भोलिदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा सरकारले प्रस्तुत गर्ने अध्यादेशको विरोध गर्नेबारे छलफल भइरहेको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

बैठकमा शुक्रबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनबारे छलफल हुने छ ।

माओवादी केन्द्र संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद अधिवेशनमा सांसदहरुको प्रस्तुति र उठाउने एजेण्डाबारे जानकारी गराउने छन् ।

नेकपा माओवादी केन्द्रले संसदको अधिवेशन ढिलो बोलाएर विभिन्न अध्यादेश जारी गरेको भन्दै सरकारको आलोचना गर्दै आएको छ ।