९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अखिलको निर्वाचन: प्रचण्ड र जनार्दन मैदानमा, ७० प्रतिशत शर्मा पक्षका विजयी



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठनको निर्वाचनका बिषयलाई लिएर पार्टी अध्यक्ष पुष्पकमल दाहालको सचिवालय जसरी पनि जित्नुपर्छ भन्ने मानसिकताबाट ग्रसित भएको आशंका उपमहासचिव जनार्दन शर्माले गर्नुभएको छ ।

मतगणना भइरहँदा हेडक्वार्टर पक्षमा समर्थकले मतपत्रमा पानी खन्याएर अबरोध गरेको र केही दिन पछि पार्टी मुख्यालयमा लगेर गरिएको मतगणनाबाट विजयी हुनु भएका उम्मेदवारलाई बधाई दिँदै शर्माले हेडक्वार्टरको क्रियाकलाप प्रति असन्तुष्टि जनाउनु भएको हो ।

केही दिन अघि भएको मतगणनामा शर्मा निकटका हेमन्त राईका अग्रता रहेकै बेला मतपत्रमा पानी खन्याईएको थियो । केही दिन रोकिएर भएको मतगणनामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव शक्ति बस्नेतको साथ पाएका विजयप्रकाश सापकोटा विजयी हुनु भएको छ ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएलगत्तै शर्माले सामाजिक सञ्जालमा लेख्नु भएको छ-

अखिल क्रान्तिकारीको निर्वाचन सम्पन्न भएको छ, विद्यार्थी संगठनको नेतृत्व नयाँ पुस्तामा लैजाने गरी ३२ वर्षे उमेरहदको निर्वाचनबाट नीतिगत रूपले नयाँ पुस्तामा आइसकेको थियो। सोही नीतिका आधारमा प्रत्यक्ष प्रतिस्पर्धा मार्फत नयाँ नेतृत्व निर्वाचित हुनु माओवादी आन्दोलनका लागि उज्यालो पक्ष हो। यसको प्रकाशले पूर्ण लोकतन्त्रको पक्षधर माओवादी पार्टी र जन संगठनहरुमा आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न निरन्तर प्रकाश छरिरहनेछ। यो ऐतिहासिक परिघटना एंव प्रतिस्पर्धा मार्फत विजयी सम्पूर्ण पदाधिकारी एंव सदस्यहरुमा हार्दिक बधाई तथा शैक्षिक क्षेत्रको सुधारको आन्दोलनमा सफलताको शुभकामना। यस निर्वाचनका क्रममा प्राप्त केही शिक्षाहरू – जसरी पनि जित्नुपर्छ भन्ने मानसिकतालाई अन्त गर्न प्रतिनिधिहरुलाई निर्देशित जनवादको सट्टा स्वविवेक प्रयोग गर्ने उनीहरूको अधिकारको सुनिश्चिता गर्न जरुरी छ। निर्वाचन प्रति नकारात्मक सोच बनाउनुको सट्टा स्वस्थ, स्वच्छ र निष्पक्ष रुपले प्रतिस्पर्धा गराउन सक्षम निर्वाचन आयोग सोही अनुरुपको सहजकर्ता, व्यवस्थापन, दबाब मुक्त रुपमा कार्य सम्पादन गर्ने वातावरण तयार पार्न ध्यान दिनुपर्छ। प्रतिस्पर्धामा उत्साह पूर्वक सहभागी निर्वाचन परिणामलाई सहज स्वीकार गर्ने सबै प्रत्यासीहरुको प्रसंशा सहित हार्दिक धन्यवाद।

विद्यार्थी संगठनको निर्वाचनको अन्तिम परिणाम अनुसार शर्माको समर्थन पाएका उपाध्यक्ष, महासचिव , उपमहासचिव कोषाध्यक्ष सचिव र बहुमत सदस्य निर्वाचित भएका छन् ।

निर्वाचित एक सदस्यका अनुसार कार्यसमितिमा शर्मा पक्षको झण्डै ७० प्रतिशत निर्वाचित भएका छन् ।




भर्खरै