२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

अर्थतन्त्रमा केही सूधारका संकेत: घटेको ब्याजदरले गर्दा व्यवसाय जगतमा राहत

अर्थतन्त्रमा केही सूधारका संकेत: घटेको ब्याजदरले गर्दा  व्यवसाय जगतमा राहत
अ अ+ अ-

विश्व अर्थतन्त्रमा केही शिथिलता देखिएको वर्तमान परिवेशमा नेपालको अर्थतन्त्रमा भने केही सूधारका संकेतहरु देखिन थालेका छन्। वैदेशिक विप्रेषणको आप्रवाहमा
आएको सूधारसगै बैंकिङ क्षेत्रमा बढेको तरलताका कारण घटेको ब्याजदरले गर्दा समग्र व्यवसाय जगतलेकेही राहत महसूस गरेको छ ।

राजस्व असूलीमा क्रमश: आएको सूधार र सरकारी श्रोत परिचालनमा देखिएको सकारात्मक संकेत साथै बजारको आपूर्ती प्रणालीमा ल्याइएको प्रभावकारिता, अनूगमन प्रणालीको प्रभावकारिता, सार्वजनिक वित्त एवं मौद्रिक नीतिले अवलम्बन गरेका औजारहरुको प्रयोगबाट वाञ्छित सिमा भित्र रहेको मूद्रास्फीतिले पनि अर्थतन्त्रको सूधारलाई सहयोग गरेकोछ ।

अर्थतन्त्रको उत्थानका लागि नेपाल सरकारले अगाडी बढाएका नीतिगत सूधारका प्रयासहरुले पनि समग्र अर्थतन्त्रमा सकारात्मक आशाको सञ्चार गराएका छन् । अर्थतन्त्रमा आएको सूधारले हाल बैंकहरुले व्यहोर्नू परेको अधिक तरलता एवं घट्दो कर्जा निक्षेप अनूपातको समस्यालाई समाधान गर्नका लागि मद्दत गर्नेछ भन्ने हामीले आशा लिएका छौं ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ५९ वर्ष पुरा गरि ६० औं वर्षमा प्रवेश गरेको छ । आज भन्दा ५९ वर्ष अघि आजकै दिन वि.सं. २०२२ साल माघ १० गते सरकारको पूर्ण स्वामित्वमा स्थापित यस बैंकले विभिन्न आरोह अवरोहहरू पार गर्दै नेपाली जनजनमा बैङ्किङ सेवा पुर्याउन एवं वित्तीय पहुँचका साथै वित्तीय शिक्षा वृद्धि गर्ने कार्य अग्र भागमा रहेर गरिरहेको छ । यस बैंकको स्थापना नै राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउने, आम सर्वसाधारणको वित्तीय पहुँचमा वृद्धि गर्ने तथा उद्योग एवं वाणिज्य क्षेत्रको विकासमा टेवा पुर्याउन उद्देश्यले भएको थियो ।

कुनै समय अस्तित्वमा नै संकट आएको अवस्थाबाट माथि उठेर नविन सोच र संकल्पका साथ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड आजको प्रतिस्पर्धी बजारमा पनि आफूलाई अव्वल सावित गर्न सफल भएको छ । खराब कर्जाको व्यवस्थापन, मानव संसाधन, ग्राहक सेवा,कर्जाको गुणस्तर, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन, नियामकीय निर्देशनको पालना, सूचना प्रविधिको प्रयोग, डिजिटल बैंकिङ्ग सेवा लगायतका क्षेत्रको सुधारमा बैंकले निरन्तर कार्य गर्दै आइरहेको छ ।

यो आर्थिक वर्ष भित्र कुल शाखा सङ्ख्या ३३० पुर्याउने लक्ष्य अनुरूप हाल बैंकले देशैभर २९४ वटा शाखाहरूबाट सेवा प्रवाह गरिरहेको छ । यसै अनुरूप तत्काल थप ९ वटा शाखाहरू सञ्चालनमा ल्याउँदै छ । त्यसै गरि थप ११ वटा शाखाहरू यही चैत्र भित्र सञ्चालनमा आउन सक्ने गरि तयारी गरिएको छ भने बाँकी शाखाहरू समयमा नै खोल्ने गरि काम भइरहेको छ ।

हालसम्म बैंकले ७१ विस्तारित काउण्टर, ३१२ ए.टि.एम., २१२६ क्रेडिट कार्ड, १,९७४ एटीएम मेशिन, ७७,७६२ क्युआरमर्चेन्ट र ९९ शाखा रहित बैंकिङ्ग सञ्जाल मार्फत देशका ७ वटै प्रदेश र ७७ वटै जिल्लामा उपस्थित भई देशैभरका ४६ लाख भन्दा बढी ग्राहकहरूलाई बैंकिङ्ग सेवा पुर्याउँदै आइरहेको छ ।

यस बैंकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक लेखापरीक्षण सम्पन्न गरी २०८१ पौष २९ गते १९ औं वार्षिक साधारण सभा सम्पन्न गरिसकेका छ । २०८१ पौष मसान्तमा बैंकको कुल निक्षेप रु. ४ खर्ब ५० अर्ब, कुल कर्जा सापट रु.२ खर्ब ८४ अर्ब, चुक्ता पुँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ति ५ खर्ब २६ अर्ब तथा नेटवर्थ ५२ अर्ब पुगेको छ ।

बैंकको नाफाको कुरा गर्दा आर्थिक वर्ष २०८०/८१ को आषाढ मसान्तमा रु.२ अर्ब ५५ करोड रहेको थियो भने यस आर्थिक वर्षको पौष मसान्तमा रु. ७६ करोड रहेको छ । २०८१ पौष मसान्तमा बैंकको निष्कृय कर्जा ४.९६ प्रतिशत, कोषको लागत३.८१ प्रतिशत तथा औषत आधारदर ५.४४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासबाट निरन्तर बढ्दै गएको निक्षेप भित्र हाम्रो ब्याज बहन गर्ने निक्षेपमा भएको बढोत्तरी साथै नियामकिय निर्देशन बमोजिम न्यूनतम विन्दुमा राख्नु पर्ने निक्षेपको ब्याजदरका कारण थप व्ययभार बढ्न गएको छ ।

अर्थतन्त्रमा आएको शिथिलता, उद्योगी व्यवसायीमा बढ्न नसकेको मनोबलका कारण कर्जा प्रवाहमा विस्तार हुन सकेको छैन । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा निरन्तर रूपमा बढी रहेको निष्कृय कर्जाको आकारबाट हामी सबै चिन्तित भएका छौँ ।

बैंकिङ्ग क्षेत्रको विकासका लागि वित्तीय सहजताका साथ साथै वित्तीय अनुशासनको पनि आवश्यकता पर्दछ । हाम्रो बैंक तथा वित्तीय क्षेत्रको आकार देशको कुल गार्हस्थ्य उत्पादनको हाराहारीमा रहेको छ । निजी क्षेत्रले उपयोग गरेको कर्जाको आयतन लगभग कुल गार्हस्थ्य उत्पादनसँग बराबर भएकाले बाह्य क्षेत्रले यसको प्रतिफल के हो ? भनी प्रश्न गर्ने गर्दछन् । यसर्थ हाम्रा लगानीहरूलाई पनि भविष्यमा देशको विकास र आर्थिक उन्नतिमा परिलक्षित गर्नुपर्ने हामी सबैको दायित्व हो ।

गत आर्थिक वर्षमा बैंक रु. २ अर्ब ५५ करोड खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत वर्ष बैंकले खुद नाफा आर्जन गर्न सके तापनि विगत समयदेखिको निवृत्त कर्मचारीहरूका लागि भविष्यमा भुक्तान गर्नु पर्ने पेन्सन व्यवस्थाका लागि छुट्याउनु पर्ने रकम १ बाट ३ प्रतिशत तथा तलबको वृद्धिदर ५ प्रतिशतबाट ६ प्रतिशत बनाउने सुझाव बमोजिम तीन अर्ब चार करोड पैसठ्ठी लाख अन्ठाउन्न हजार पाँच सय उनान्पचास थप हुन गएकाले वितरणयोग्य नाफा ऋणात्मक हुन गई गत आर्थिक वर्षमा लाभांश वितरण गर्न नसकिएको हो ।

राष्ट्रिय वाणिज्य बैंकमा हाल स्थायी र करार गरि २७१६ जना कर्मचारीहरु छन् । हाल प्रत्येक वर्ष बैंकले आवश्यकता अनुसार विज्ञापनका माध्यमबाट खुला प्रतिस्पर्धा गराई नयाँ ऊर्जाशील जनशक्तिहरू पदपूर्ति गरी रोजगारीको अवसर सृजना गर्ने गरिएको छ ।

बैंक एक व्यावसायिक एवं प्रतिस्पर्धी संस्था भएकाले ग्राहक सेवाको छिटो छरितो सम्पादनबाट सन्तुष्टि दिनु नै हाम्रो मुख्य लक्ष्य हो । यसका लागि यहाँहरूको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ । यस बैंक भित्र क्रियाशील ट्रेड युनियनहरूको भूमिकामा जिम्मेवार संगठनका रूपमा रहेकाले व्यावसायिक औद्योगिक सम्बन्ध सधैँ सुमधुर रही रहेको कुरा जानकारी गराउँदै यस्तो असल व्यावसायिक सम्बन्ध भविष्यमा पनि रही रहनेछ ।

माथि उल्लेख गरिएका मुख्य मुख्य सूचकाङ्कहरुका अलावा बैंकले हासिल गरेका केही मुख्य उपलब्धिहरूका छन् । ती उपलब्धिहरू यस्ता रहेका छन्:

१. सरकारले प्राथमिकतामा राखेका क्षेत्रहरूमा लगानी बढाउनु हाम्रो दायित्व हो । यसै आर्थिक वर्षबाट हामीले साना किसान कर्जा, वैदेशिक रोजगारी कर्जा जस्ता नयाँ कर्जाहरू मार्फत समस्त देशवासीमा आफ्नो सेवा विस्तार गर्ने र उत्पादन एवं स्वरोजगारलाई जोड दिई आय आर्जन वृद्धि गर्ने कार्यक्रमहरू ल्याएका छौँ ।

साथै विगतदेखि सञ्चालन गर्दै आएका एक प्रदेश एक विशेष कार्यक्रम अन्तर्गत कोशी प्रदेशमा अलैंची, मधेस प्रदेशमा माछा, वाग्मती प्रदेशमा कुखुरा, गण्डकी प्रदेशमा फलफूल, लुम्बिनी प्रदेशमा पशुपालन, कर्णाली प्रदेशमा जडीबुटी तथा सुदूरपश्चिम प्रदेशमा केरा खेतीमा विशेष लगानी गर्ने कार्यक्रम अगाडि बढाएका छौँ । जसले युवा, महिला एवम् उद्यम गर्न चाहने उद्यमीहरूको उत्साह बढाउने र रोजगारी तथा स्वरोजगारीका अवसर बढाउने विश्वास लिएका छौँ ।

२. ग्रामीण जीवनमा सुधार एसएमई कर्जाको विस्तार कार्यक्रम अन्तर्गत आरबीबी एसएमई कर्जा, वैदेशिक रोजगारीमा जाने युवाहरूलाई लक्षित गरेर वैदेशिक रोजगारी कर्जा तथा आवासीय एवं व्यावसायिक घर निर्माणका लागि मेरो घर कर्जा कर्जा प्रवाह गर्न शुरु गरिएको छ । साथै नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागद्वारा प्रदान गरिने रु.२५ लाख सम्मको स्टार्ट अप कर्जा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँगको सहकार्यमा प्रदान गरिएको छ ।

३. धितोपत्र खरिद, बिक्री तथा दलाली सम्बन्धी कार्य गर्न बैकको सहायक कम्पनीका रूपमा स्थापना भएको आरबीबी सेक्युरिटीज कम्पनी लिमिटेडलाई सञ्चालनमा ल्याइएको छ जसको कार्य सन्तोषजनक रूपमा अगाडि बढीरहेको छ।

४. बैंकले प्रविधिमा आधारित बैङ्किङ सेवालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ सर्भिसलाई प्राथमिकताका साथ अगाडि बढाई रहेको छ । सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी कारोबारहरू गर्दा समेत शुल्कहरू तिर्नु पर्ने हुँदा त्यस्ता शुल्कहरू हटाई हामीलाई परेको मर्काको उचित समाधान गरिदिनुहुन सम्बद्ध सबै सँग अनुरोध गर्दछु ।

५. एकै ठाउँबाट सबै विभाग/प्रदेश कार्यालय/शाखा कार्यालयको प्रभावकारी अनुगमन गर्न केन्द्रीय नियन्त्रण कक्षको स्थापना गरिएको छ ।

६. बैंकले प्राकृतिक प्रकोप, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा खेलकुद जस्ता क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने गरेको छ ।

७. बैंकले सुनको खरिद विक्री कारोबारको सुरुवात गरेको छ ।

८. बैंक व्यवस्थापन र क्रियाशील ट्रेड युनियनहरू बिच सहमति भएका विषयहरूमध्ये कर्मचारी कल्याण कोष कार्यविधि सञ्चालक समितिबाट स्वीकृत भई लागु गरिएको छ ।

बैंकका भावी योजनाहरुः

१. पुँजी पर्याप्तताको कमीका कारण प्रचुर तरलताका बाबजुद पनि कर्जा प्रवाह गरी व्यवसाय विस्तार गर्न बैंकलाई सकस परिरहेको छ । तसर्थ बैंकको स्थिर सम्पत्ति पुनर्मूल्याङ्कन पश्चात् लेखाङ्कन गरी लेखापरीक्षण सम्पन्न भैसकेको हालको अवस्थामा पुनर्मूल्यांकित सम्पत्तिको पनि प्रचलित अन्तर्राष्ट्रिय अभ्यासका आधारमा पुँजी कोष गणना गर्न पुरक पुँजी कोषका रूपमा समावेश गर्न दिँदा बैंकको व्यवसाय गर्ने क्षमता बढ्न सक्ने र यसबाट तरलताको सही उपयोग गर्न सकिनेछ । हाल बैंकको चुक्ता पुँजी कम भएको हुनाले सोको वृद्धिका लागि अर्थ मन्त्रालयमा पेश भैसकेको छ भने हाललाई बैंकको पुँजीको आधार सुदृढ बनाउन रु.२.५ अर्ब बराबरको ऋणपत्र जारी गर्न लागिएको छ ।

२. बैंकको रणनीतिक योजना २०२०-२०२५ को समीक्षा गरी रणनीतिक योजना २०२५-२०३० तर्जुमा गर्ने कार्य अगाडि बढाइएको छ ।

३. बैंकको आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन, संस्थागत सुशासन तथा अनुपालनलाई थप प्रभावकारी बनाउनेछौँ ।

४.वैदेशिक विप्रेषण आप्रवाहका लागि छुट्टै कम्पनी खोल्नका लागि सम्भाव्यता अध्ययन गर्ने एवं हाल रहेको आरबीबी रेमिटलाई थप सबलीकरण गरिनेछ ।

५. उत्पादनमा जोडिन कृषि र यससँगको मूल्य शृङ्खलामा थप कर्जा विस्तारमा जोड दिनेछौँ ।

६. ऊर्जा उत्पादन र प्रसारणसँग सम्बन्धित क्षेत्रमा लगानी विस्तार गर्नेछौँ ।

७. प्राथमिकता प्राप्त क्षेत्रहरू पर्यटन, कृषि र विपन्न वर्गमा कर्जा विस्तार गरी समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न प्रतिबद्ध छौँ ।

विश्व अर्थतन्त्रमा केही शिथिलता देखिएको वर्तमान परिवेशमा नेपालको अर्थतन्त्रमा भने केही सुधारका सङ्केतहरू देखिन थालेका छन् । वैदेशिक विप्रेषणको आप्रवाहमा आएको सुधारसँगै बैंकिङ्ग क्षेत्रमा बढेको तरलताका कारण घटेको ब्याजदरले गर्दा समग्र व्यवसाय जगतले कहीँ राहत महसुस गरेको छ ।

राजस्व असुलीमा क्रमशः आएको सुधार र सरकारी श्रोत परिचालनमा देखिएको सकारात्मक संकेत साथै बजारको आपूर्ति प्रणालीमा ल्याइएको प्रभावकारिता, अनुगमन प्रणालीको प्रभावकारिता, सार्वजनिक वित्त एवं मौद्रिक नीतिले अवलम्बन गरेका औजारहरूको प्रयोगबाट वाञ्छित सीमा भित्र रहेको मुद्रास्फीतिले पनि अर्थतन्त्रको सुधारलाई सहयोग गरेको छ ।

अर्थतन्त्रको उत्थानका लागि नेपाल सरकारले अगाडि बढाएका नीतिगत सुधारका प्रयासहरूले पनि समग्र अर्थतन्त्रमा सकारात्मक आशाको सञ्चार गराएका छन् । अर्थतन्त्रमा आएको सुधारले हाल बैंकहरुले व्यहोर्नु परेको अधिक तरलता एवं घट्दो कर्जा निक्षेप अनुपातको समस्यालाई समाधान गर्नका लागि मद्दत गर्नेछ ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैंकको ६० औं वार्षिकोत्सवको अवसरमा राख्नु भएको मन्तव्यको केही अंश