८ असार २०८३, सोमबार
,
Latest
ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल वायुसेवा निगम निजिकरणमा बाबुरामको आरोप



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकारले नेपाल वायुसेवा निगममा निजीकरणका नाममा कुनै अनुभव र ज्ञान नभएका तथा आसेपासेहरुलाई पोस्न लागेको आरोप लगाएका छन् ।

आज (आइतबार) बिहान विज्ञप्ति जारी गरी उनले संस्थान चलेन भ्रन्दै संस्थानको बचेखुचेको सम्पत्तिलाई कौडीको मूल्यमा निजीकरणको नाममा आफ्ना निकटस्थ दलालहरुलाई बिक्रि गर्ने षड्यन्त्र समेत भएको आरोप लागएका छन् । आज (आइतबार) बिहान एक विज्ञप्ति जारी गर्दै सरकारको यो कदम निजीकरण ऐनविपरीत रहेको र संसदीय समितिहरूमा समेत छलफल नगरिएको भन्दै आपत्ति जनाएका हुन् । 

निगमलाई अहिलेको हालतमा पुर्‍याउने निर्णयकर्ताहरू को को हुन्, तिनको छानबिन हुनुपर्नेमा भट्टराईले जोड दिएका छन् । ‘अहिले नै निगमको ऋण दायित्व रू ४६ अर्ब पुगिसकेको बुझिएको छ । के यस्तो हालतमा सञ्चालनमा रहेको निगमले यति ठूलो दायित्व भुक्तानी गर्ने क्षमता राख्दछ ?,’ विज्ञप्तिमा भनिएको छ, ‘निगमलाई पब्लिक लिमिटेड कम्पनीका रूपमा रूपान्तर गर्दैमा समस्याको समाधान हुन्छ ?’

निजीकरणको गलत प्रक्रियाबाट सरकार तुरुन्त पछि हट्न र यसमा संलग्न जो–कोहीलाई कारबाहीको दायरामा ल्याउन भट्टराईले अपिल गरेका छन् ।

अध्यक्ष भट्टराईद्वारा जारी विज्ञप्ति: