३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ !

त्यस्तो बीउ अहिले नै नरोप्नु कि त्यो बीउ भोलि रुख बनेर बीचबाट फाड्नु परोस्

एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ !
अ+ अ-

कुरा कताबाट सुरु गरौँ त? आज खासमा चाहिँ यो महाधिवेशन भनेको पार्टीको विषयमा बोल्ने, पार्टीलाई कसरी सुदृढ बनाउने, पार्टीलाई कसरी बलियो बनाउने, हाम्रो पार्टी जुन एउटा सानो महत्वाकांक्षा, सानो इच्छा, सानो देश बनाउने हुटहुटीले सुरु भएको पार्टी आज महाधिवेशनको पहिलो दिनसम्म आउँदै गर्दाखेरि यो पार्टी, यो आन्दोलनको रूपमा भएको पार्टी, भावनाको रूपमा भएको पार्टीलाई संस्थागत गर्ने, स्थापित गर्ने दिनमा आउँदाखेरि हामीले धेरैजसो पार्टीलाई कसरी एक ठाउँमा ल्याउने भन्ने नै कुरा गर्नुपर्छ।

एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ । गन्तव्यमा पुग्नु भन्दा अगाडि ब्रेक लाउन जरुरी हुँदैन र हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर भएको छ ।

त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु । चिन्ता लिनु राम्रो कुरा हो । जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ । हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको हो ।

खोला एकचोटी सिधा बाटो, आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ । यो हावा जस्तो कहिले लेफ्ट, राइट, उत्तर, दक्षिण, पूर्व, पश्चिम बग्दैन । त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नुहोला ।

मेरो एकजना अनन्य मित्र, उहाँ अहिले हुनुहुन्न, उहाँले सधैँ भन्नुहुन्थ्यो मलाई मैले म्युजिक गर्दाखेरि— बालेन, स्पटलाइटमा आउन सहज हुन्छ तर त्यो स्पटलाइटलाई मेन्टेन गर्न गाह्रो हुन्छ सधैँ ।

त्यस्तै चिन्ता आज यहाँ हाम्रा आदरणीय नेतागणले पनि लिनुभएको छ । त्यो स्पटलाइटमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ, दुई तिहाइ आएको छ, यो मेन्टेन गर्न गाह्रो हुन्छ । तर यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने, हामीले स्पटलाइटमा हामीलाई ल्याएको होइन, जनतालाई ल्याएको हो । र जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ । हामीले दिएको प्रकाश नेतालाई दिएको प्रकाश होइन । हाम्रो सूर्य नेताप्रति मात्रै चम्किँदैन, हाम्रो सूर्यले जनतालाई प्रकाशित गर्छ, त्यही भएर यो जनता सधैँ अगाडि नै रहन्छ ।

आज पार्टीको विषयमा विशेषगरी कुरा राख्नुपर्छ भनेरै, हाम्रो पार्टीको चिन्तन कस्तो हो? लेफ्ट हो, राइट हो, सेन्टर हो? धेरै चिन्ता लिइराख्नु पर्दैन । हाम्रो पार्टी विकासवादी पार्टी हो, विकास गर्ने, काम गर्ने पार्टी हो । हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो, हामी प्रतिशोध साध्ने, पुरानो पुरानो कुरा लिएर निहुँ खोज्दै बस्ने होइन । निहुँ खोज्नुपर्यो भने अगाडि बढ्दै गर्दा निहुँ खोजिन्छ । कस्तो केसमा मात्रै भन्दाखेरि— विगतका केही दिनमा, विगतका दिनहरूमा कुनै फटाई भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँ निर निहुँ खोज्न जरुरी हुन्छ, त्यहाँ निहुँ खोज्छौँ हामी ।

त्यो निहुँ खोज्दै गर्दाखेरि अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी ५ घण्टा मात्रै होइन, ५ वर्ष गर्छौँ । ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ, त्यसमा चिन्ता लिइराख्नु पर्दैन । हामीले नियम कानुन मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ, नियम भन्दा बाहिर जाँदैनौँ ।

हाउभाउ हेर्दाखेरि यस्तो सोसल मिडियाहरू, मिडियाहरू हाउभाउ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो । सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन । चिन्ता कुनै विषयमा लिनु पर्दैन ।

सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो । सीमाको। हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ । आपत्ति जनाउनुभयो, मलाई अचम्म लाग्यो । ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग त प्रमाण छ । हामीसँग कालापानी, लिपुलेकको प्रमाण छ । र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हौँ, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ । हामी हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौँ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ । त्यो कुरा गरिएको हो, यसमा आशंका मान्नु पर्दैन । मेरो राष्ट्रीयताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन ।

र विशेषगरी पार्टीको कुरा गर्दाखेरि, पार्टीको महाधिवेशन चल्दैछ— आज, भोलि, पर्सि । भोलि चुनाव होला । यो पार्टीको महाधिवेशनमा पहिलेदेखि एउटा हाम्रो संस्कार चाहिँ कता कता बिग्रिएको थियो पहिला— गुट बनाउने, उपगुट बनाउने । एउटा कुरा तपाईँहरूलाई, यहाँ हुनुहुन्छ होला महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ होला, यहाँ केन्द्रीय सदस्य उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला, पदाधिकारी उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होलास तपाईँहरूलाई एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने, एउटा राम्रो नेता बन्नलाई, एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था, जनताको माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन ।

त्यही भएर समूह बनाउने पछाडि नलाग्नुहोला । त्यस्तो बीउ अहिले नै नरोप्नु कि त्यो बीउ भोलि रुख बनेर बीचबाट फाड्नु परोस् । त्यही भएर यस्तो बीउ रोप्ने काम, यस्तो रुख पलाउने कामहरू हामी चाहिँ नगरौँ, हामीले पुरानाहरूबाट यो सिक्नुपर्छ ।

र एउटा कुरा के भन्न चाहन्छु भने, हामी नयाँ पार्टी हौँ, नयाँ सोचले गर्दा । हामीले हरेक चुनावमा गएर एउटै एजेन्डा बोकेर जाने— सुशासन ल्याउँछु भन्या छ, सुशासनको लागि एजेन्डा बोक्या छ, सुकुम्बासी समस्या हटाउँछु भन्या छ— हामीले यही कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्छौँ, यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौँ, अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौँ । अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो ।

र भोलि, पर्सि हुने चुनाव भयो अथवा केही भयो, चुनावमा कसैलाई सीसीएम बन्न मन लाग्छ, कसैलाई पदाधिकारी । बन्नुभयो ठिकै छ, बन्नुभएन भने पनि चिन्ता किन लिनु पर्दैन भन्दाखेरि हाम्रो गठबन्धनको सरकार होइन, हाम्रो एकल पार्टी सरकार हो । र एकल पार्टीको सरकार हुँदा के बुझ्नुपर्छ भन्दा— हरेक मन्त्री प्रधानमन्त्री हो, हरेक सांसद प्रधानमन्त्री हो, हरेक पदाधिकारी प्रधानमन्त्री हो, हरेक सीसीएम प्रधानमन्त्री हो, हरेक कार्यकर्ता प्रधानमन्त्री हो, हरेक आस्था राख्ने मान्छे प्रधानमन्त्री हो ।

भोलि तपाईँले सीसीएम जित्नुभएन, ‘म सीसीएम भएको भए यो गर्थेँ’ भन्ने छ भने आउनुस् भन्नुस्, पार्टीलाई भन्नुस् । भोलि तपाईँ सांसद हुन सक्नुभएको छैन, ‘म सांसद भएको भए यो काम गर्थेँ’ भनेर लिएर आउनुस् । तपाईँलाई जे जे गर्न मन लाग्छ यो पार्टीले गर्छ, यो सरकारले गर्छ र हाम्रो पार्टीका पदाधिकारीहरूलाई सरकार र पदाधिकारीहरू, सीसीएमहरू विभिन्न जिल्लाबाट आउनुभएका छन् उहाँहरूसँग कनेक्ट भएर, उहाँहरू र सरकार एउटै हो भन्ने उहाँहरूलाई चाहिँ अनुभूति गराउन अझै पनि उहाँहरूलाई अनुरोध गर्न चाहन्छु ।

अझै बोलौँ? के गरौँ? ठिकै छ । अब नबोलौँ भन्दा बोल्ने दिन आइहाल्छ भन्या जस्तै, ठिकै छ अब अर्को यो पछाडिको मन्तव्य हाम्रो सभापति ज्यूको रहेको नै छ । र एउटा कुरा फेरि अन्तिममा के भन्न चाहन्छु तपाईँहरूलाई भन्दाखेरि— पार्टी चाहिँ एकै ठाउँमा राख्ने कुरा हो, पार्टीलाई एक बनाउनुपर्छ ।

आज, भोलि, पर्सि चाहिँ हामी पार्टीको बारेमा सोचौँ र त्यो पछाडि ५ वर्ष देशको बारेमा सोचौँ । धेरै धेरै धन्यवाद ।

प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाहले चितवनको भरतपुरमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई गर्नुभएको सम्बोधनको पूर्णपाठ