२४ भाद्र २०८३, बुधबार
,
Latest
नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति



फाइल फोटो
अ+ अ-

ताप्लेजुङ। गएराति वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाको फक्ताङलुङ गाउँपालिकामा दुई घर तथा अलैँची बगानमा क्षति पुर्याएको छ ।

फक्ताङलुङ गाउँपालिका-१ का दुर्गा कटुवाल र गणेश कटुवालको घरमा पहिरोले क्षति पुर्याएको हो ।

फक्ताङलुङ-१ का वडाध्यक्ष यज्ञप्रसाद लिम्बूका अनुसार दुर्गा कटुवालको घरमा नरेन्द्र लिम्बू बसोबास गर्दै आउनुभएको थियो ।

पहिरोका कारण उहाँले निर्माण गर्नुभएको गोठमा समेत क्षति पुगेको छ भने बाख्रासहित पशुचौपाया बगाएको छ । दुवै घर बसोबासका लागि असुरक्षित बनेको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।

दुवै घरका परिवार छिमेकीको घरमा गएर बस्ने तयारीमा छन् । त्यस्तै, सावाँ खोलामा आएको बाढीले धेरै किसानका अलैँची बगानमा क्षति पुर्याएको छ ।

गएराति परेको अविरल वर्षापछि खोलामा बाढी आएको थियो। यता, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकामा सञ्चालित जलविद्युत् आयोजनाहरूमा पनि क्षति पुगेको जनाइएको छ । रासस