३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल वायुसेवा निगम निजिकरणमा बाबुरामको आरोप



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकारले नेपाल वायुसेवा निगममा निजीकरणका नाममा कुनै अनुभव र ज्ञान नभएका तथा आसेपासेहरुलाई पोस्न लागेको आरोप लगाएका छन् ।

आज (आइतबार) बिहान विज्ञप्ति जारी गरी उनले संस्थान चलेन भ्रन्दै संस्थानको बचेखुचेको सम्पत्तिलाई कौडीको मूल्यमा निजीकरणको नाममा आफ्ना निकटस्थ दलालहरुलाई बिक्रि गर्ने षड्यन्त्र समेत भएको आरोप लागएका छन् । आज (आइतबार) बिहान एक विज्ञप्ति जारी गर्दै सरकारको यो कदम निजीकरण ऐनविपरीत रहेको र संसदीय समितिहरूमा समेत छलफल नगरिएको भन्दै आपत्ति जनाएका हुन् । 

निगमलाई अहिलेको हालतमा पुर्‍याउने निर्णयकर्ताहरू को को हुन्, तिनको छानबिन हुनुपर्नेमा भट्टराईले जोड दिएका छन् । ‘अहिले नै निगमको ऋण दायित्व रू ४६ अर्ब पुगिसकेको बुझिएको छ । के यस्तो हालतमा सञ्चालनमा रहेको निगमले यति ठूलो दायित्व भुक्तानी गर्ने क्षमता राख्दछ ?,’ विज्ञप्तिमा भनिएको छ, ‘निगमलाई पब्लिक लिमिटेड कम्पनीका रूपमा रूपान्तर गर्दैमा समस्याको समाधान हुन्छ ?’

निजीकरणको गलत प्रक्रियाबाट सरकार तुरुन्त पछि हट्न र यसमा संलग्न जो–कोहीलाई कारबाहीको दायरामा ल्याउन भट्टराईले अपिल गरेका छन् ।

अध्यक्ष भट्टराईद्वारा जारी विज्ञप्ति: