२४ भाद्र २०८३, बुधबार
,
Latest
पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते



अ+ अ-

नवलपरासी। पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-१० पितौजीमा आज साँझ इभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। पोखराबाट कृष्णनगर कपिल्बस्तुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३ च १२०५ नम्बरको विद्युतीय सवारी (इभी) हाइस अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

दुर्घटनापछि सशस्त्र प्रहरी बलको टोली तत्काल घटनास्थल पुगेर उद्धारकार्य गरेको थियो । सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालको कमाण्डमा खटिएको १५ सदस्यीय टोलीले हाइसमा सवार नौ जनामध्ये आठ जना घाइतेको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पठाइएको जनाएको छ ।

दुर्घटनामा कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ निवासी २७ वर्षीया श्रद्धा अग्रवाल र १५ महिनाका नौसद रिसिङ अग्रवाल गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सवारी चालक कपिलवस्तुको मायादेवी गाउँपालिका-२ निवासी २४ वर्षीय विष्णु घर्ती, कृष्णनगर नगरपालिका-२ का २६ वर्षीय ऋषभ अग्रवाल, २५ वर्षीया रिद्धिसिंह सिंहनिया, २३ वर्षीया सेरी सिंह, २७ वर्षीया शिवानी अग्रवाल र ३१ वर्षीय अरविन्द अग्रवाल घाइते भएका छन् ।

घटनास्थलमा अस्थायी प्रहरी पोष्ट बेल्डियाबाट प्रहरीको टोली खटिई दुर्घटनाग्रस्त सवारीसाधन नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस